नयाँ बहस र पार्टी भित्र अन्र्त संघर्षको थालनी भएको छ : किरण
MNN REPORTER Report | 26 Nov 2008 | Views: 314
काठमाडौं, ११ मंसिर । नेकपा माओवादीका नेता मोहन वैद्य किरणले प्रचण्डको प्रतिवेदन भन्दा अल्पमतमा परेर आफ्नो हार नभएको बताउनु भएको छ । उहाँले आफुले नयाँ बहस र पार्टी भित्र अन्र्त संघर्षको थालनी मात्रै गरेको बताउनु भयो ।
अध्यक्ष प्रचण्डले वाले लगतै माओवादी राष्ट्रिय कार्कर्ता भेलामा वोल्दै नेता किरणले यस्तो बताउनु भएको छ । प्रचण्डको प्रतिवेदनमा फरक मत राख्नु भएका नेता किरणले माओवादीको यो दस्तावेज गैर संसदीय कार्यनिति भएकाले यसले विषेश महत्व राख्ने बताउनु भएको छ । उहाँले यो मस्यौदा रणनितिक महत्वको भएकाले यसलाई कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । नेता किरणले भेलाबाट नयाँ एकताको नयाँ आधार कायम भएको पनि बताउनु भयो । भेलामा गरिएको बहस र छलफलले पार्टी भित्र रुपान्त्रणको आकार ग्रहण गरेको पनि वैदले बताउनु भयो ।
प्रधानमन्त्री र आयरल्याण्डका राजदूतबीच भेटवार्ता
MNN REPORTER Report | 10 Jul 2008 | Views: 378
काठमाडौं,२६ असार । नेपालका लागि आयरल्याण्डका आवासिय राजदुत किरान दाउलिनले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बिहान भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।
राजदुत दाउलिनले नेपालको राजनीतिक अवस्था र आगामी दिनमा गर्ने कामको बारेमा जिज्ञासा राखेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री कोइरालाले दलहरुबीच अहिले छलफल भइरहेको र केही दिनभित्रै सहमति र सहकार्यका साथ अगाडि बढ्ने टुंगो लाग्ने बताए ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

