सेना समायोजनका लागि दलहरुबीच सहमति निर्माण बनाउन सुझाव

MNN REPORTER Report | 26 Nov 2008 | Views: 264

काठमाडौं, ११ मंसिर । भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले सेना समायोजनका लागि दलहरुबीच सहमति निर्माण बनाउन सुझाव दिएका छन् । नेपालको तीन दिने भ्रमण पूरा गरी नयां दिल्ली र्फकनुअघि पत्रकार सम्मेलनमा बोल्दै उनले सेना समायोजन गर्न सुझाव दिएका छन् ।

'नेपालका दलहरुले सहमति बनाएर सेना समायोजन सफलताका साथ सम्पन्न गर्नेमा हामी विश्वस्त छौं,' मुखर्जीले भने,'सेना समायोजन नेपालको आन्तरिक मामला हो र नेपालीहरुबाटै सहमतिबाट होस् भन्ने भारतको सुझाव छ ।' शान्ति प्रक्रियाका कतिपय कठिन मोडहरुलाई पार गर्न दलहरु सक्षम भएकाले आगामी दिनमा पनि सहमति निर्माणबाटै अघि बढ्न सक्षम हुने विश्वास व्यक्त गरे । आफ्नो नेपाल भ्रमण सफल भएको बताउदै सीमा व्यवस्थापन, आर्थिक लगानी, कोशी तटबन्ध पुननिर्माणलगायतका विषयमा महत्वपूर्ण छलफल भएको बताए । कोशी तटबन्ध माघभित्रै निर्माण गर्न काम अगाडि बढाइने बताए । सुपर्ुर्दुगी सन्धीबारे महत्वपूर्ण छलफल भएको र समय आएपछि हस्ताक्षर हुने बताए ।

नेपालको शान्ति प्रक्रिया र विकासका पक्षमा भारत रहेको बताउदै भने,'भारत नेपालको सुखदुःखको साथी हो । भविष्यमा आइपर्ने चुनौतीको सामना गर्न सधै सहयोगीका रुपमा प्रस्तुत हुनेछ ।' नेपालको चीनसंग बढ्दो सम्बन्धबारे सोधिएको प्रश्नमा नेपाल आफै र्सार्वभौम मुलुक भएकाले उसले अर्को र्सार्वभौम मुलुकसंग सम्बन्ध विस्तार गर्नुलाई सामान्य रुपमा हेरेको बताए ।

पत्रकार सम्मेलनमा नेपाल र भारतका तर्फबाट संयुक्त १६ बुंदे विज्ञप्ति र्सार्वजनिक गरिएको थियो । जसअनुसार सीमा समस्या समाधानका लागि आवश्यक कदम चाल्ने, सीमा क्षेत्रमा भएका अपराध नियन्त्रणका लागि आपसी समन्वय बढाउने, जलस्रोतको विकासका लागि ठोस कार्यक्रम अगाडि बढाउनेलगायतका विषय उल्लेख छ । ९८ प्रतिशत सीमा समस्या समाधान भइसकेको र बांकी विषयमा आवश्यक छलफल गरी छिट्टै सहमति बनाइने उल्लेख छ ।

थारुहरुको तर्राई बन्द जारी

MNN REPORTER Report | 10 Jul 2008 | Views: 369

काठमाडौं,२६ असार । एक मधेश एक प्रदेशविरुद्ध उत्रिएको थरुहट संयुक्त संघर्ष समितिले तर्राई बन्दलाई जारी राख्ने भएको छ ।

आज बन्द घोषणा गरेको समितिले आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि मधेशी गुटहरुले आक्रमण गरेको भन्दै विरोधस्वरुप भोलिपनि २२ जिल्ला बन्दलाई निरन्तरता दिने जनाएको छ । समितिको प्रमुख घटक नेपाल लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष उपेन्द्र गच्छदारले शान्तिपूर्ण आन्दोलनमाथि मधेशका गुटहरुले आक्रमण गरेको भन्दै त्यसको प्रतिकार गर्ने चेतावनी दिए ।

उनले भने,'हामीमाथि केही अराजक मधेशी जत्थाले आक्रमण गरी घाइते बनाएका छन् । हामी त्यसको विरोधमा भोलि पनि तर्राई बन्द जारी राख्छौं ।'
आक्रमणकारीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै माफी नमागे कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए । यता थरुहट संयुक्त संघर्ष समितिको बन्दले तर्राईको जनजीवन प्रभावित भएको छ । राजमार्गलगायत प्रमुख शहरमा यातायात ठप्प रहे भने वीरगञ्जमा मधेशी जनअधिकार फोरमका कार्यकर्तासंग थरुहट समितिको झडप भयो ।

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN