गुडीरहेको बसमा आगजनि गर्दा १ जनाको जलेर मृत्यु

MNN REPORTER Report | 2 Dec 2008 | Views: 23

काठमाडौं, १७ मंसिर । सप्तरीको गुडीरहेको बसमा आगजनि गर्दा १ जनाको जलेर मृत्यु भएको छ । सत्रीको वीरेन्द्र बजारमा आज एक समूहले बन्दको अवज्ञा गरेको भन्दै यात्रुवाहक बसमा आगजनी गर्दा एक जनाको जलेर मृत्यु भएको छ ।

३५ वर्षा एक युवकको मृत्यु भएको पुष्टि भए पनि उनको सनाखत हुन सकेको छैन । समूहले यात्रुहरूबाट लाखौँ रुपियाँ बराबरको धनमालसमेत लुटेको छ । सशस्त्र हतियारधारी समूहले पूवपश्चिम राजमार्गअर्न्तर्गत वीरेन्द्रबजारमा बिहान ५ बजे काठमामाण्डूबाट विराटनगरतिर जाँदै गरेको सल्लेरी ट्राभल्सको ना २ ख ६४ ५५ नम्बरको गाडीको टायरमा गोली हानेर गाडी रोकेको थियो ।

गाडीमा लुटपाटपछि आगजनी गरिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् । मधेस राष्ट्रिय जनतान्त्रिक पार्टी क्रान्तिकारीले एक साताअघि आफ्ना सिरहा इञ्चार्ज रामनारायण यादवको प्रहरीले हत्या गरेको भन्दै आजबाट दुइ दिने बन्दको घोषणा गरेको छ ।

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN