'पहिलोपटक यस्तो दृश्य दिँदा अप्ठ्यारो महसुस भयो ' : सञ्जु

MNN REPORTER Report | 7 May 2009 | Views: 1092

काठमाडौं, २४ वैशाख । कलेज बिदा भएर युवती होस्टेल पुग्छिन् । मोबाइलमा फोन बज्छ, अनि दौडन्छिन् प्रेमी भेट्न ।

खोला किनारैमा प्रेमी भेट हुन्छन् । आपसमा जिस्कँदै दुवैले तस्बिर खिच्छन्, रमाउँछन् । डेटिङ स्पट न हो, दुवैले प्रेम अभिव्यक्तका अनेक क्रियाकलाप गर्न थाल्छन् । युवकको नाम बाबु र युवती एसिया । जिस्कँदै गर्दा एकाएक दुवैजना आपसमा चुम्बन गर्न पुग्छन् ।

'हैन, खुल्लमखुला चुम्बन गरे नि हौ,' बाटो हिँडिरहेका बटुवा फुस्फुसाउँछन्, कानेखुसी गर्छन् तर यो दृश्य दिनहँुजसो यहाँ देखिने प्रेमीप्रेमिकाको साँचो डेटिङ थिएन । बुधबारदेखि फेवा नगरीमा सुटिङ थालिएको सुरेशदर्पण पोखरेल निर्देशित चलचित्र 'भूल भए माफ गर' को दृश्य थियो ।

र्‍याम्प मोडलिङबाट करिअर सुरु गरेर पहिलोपटक नायिका बनेकी सञ्जु -एसिया) तथा नायक सुरज आरडी -बाबु) को सेतीबगरमा देखिएको यो रोमाञ्चक दृश्यले सुटिङ हेरिरहेका दर्शकहरूले जिब्रो टोकेे ।

नवनायिका सञ्जुले यो दृश्य दिन अप्ठ्यारो महसुस गरी आनाकानी गरेपछि निर्देशक पोखरेललाई दृश्य संयोजन गर्न केही क्षण हम्मे पर्‍यो । चुम्बन सट दिएपछि सञ्जुले लजाउँदै भनिन्, 'पहिलोपटक यस्तो दृश्य दिँदा अप्ठ्यारो महसुस भयो ।'

आधा दर्जन गीतमा मोडलिङ गरिसकेकी सञ्जुलाई सिनेमा क्षेत्रमा आउने सोख पहिलेदेखि नै थियो । 'रहर अहिले पूरा हँुदै छ,' उनले भनिन्, 'सुन्दर नगरीमा पहिलो सिनेमा गर्न पाउँदा एक्साइटेड छु ।'

सुटिङको बाढी आइरहेका बेला 'भूल भए माफ गर' को सबै छायांकन फेवा सेरोफेरोमा गर्नका लागि सुटिङ युनिट यहाँ आएको हो । यसअघि चलचित्र 'निशाना' को अधिंकाश भाग यहीँ छायांकन गरेका निर्देशक पोखरेलले चलचित्रको परिवेश पोखरा नै भएको बताए ।

आधा दर्जनभन्दा बढी सिनेमा खेलिसकेका पोखरेली नायक सुरजले चलचित्रमा लगानी गरेका छन् । पारिवारिक कथामा आधारित रहेर निर्माण हुन लागेको चलचित्रका दुईवटा गीतमा टुके क्यामेरा प्रयोग गरी नयाँपन दिन खोजिएको छ । केही महिनाअघि प्याराग्लाइडिङ प्रशिक्षण लिई लाइसेन्ससमेत हासिल गरेका नायक निखिल उप्रेती र प्याराग्लाइडिङमा चर्चित विदेशी पाइलट डेभिडसँगको प्याराग्लाइडिङ द्वन्द्व पस्कने निर्देशक पोखरेलले बताए ।

चलचित्रमा मेलिना मानन्धर, गणेश उप्रेती, सुनीलदत्त पाण्डे समेतको अभिनय देख्न सकिने छ । संगीत ताराप्रकाशको छ भने द्वन्द्व एनबी महर्जनले सम्हालेका छन् ।

[comheader]Comments: 0[/comheader]

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal