राजस्थान रोयल्सले दिल्ली डेयर डेभिल्सलाई ५ विकेटले पराजित

MNN REPORTER Report | 7 May 2009 | Views: 1274

काठमाडौं, २५ वैशाख । पछिल्लो खेलमा राजस्थान रोयल्सले दिल्ली डेयर डेभिल्सलाई ५ विकेटले पराजित गरेको छ ।

१ सय ४४ रनको विजय लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको राजस्थानले १८ दशमलव ३ ओभरमा मात्र ५ विकेट खर्चेर लक्ष्य पुरा गरेको हो । राजस्थानका लागि युसुफ पठानले अभिजित ६२ रनको योगदान गरेका थिए ।

सेन्चुरियनमा भएको खेलमा टस जिती पहिले ब्याटिङ गरेको डेयर डेभिल्सले पुरै २० ओभरमा ७ विकेट गुमाई १ सय ४३ रन बनाएको थियो । डेभिडे भिर्ल्लर्सले ५० रनको योगदान गर्नु बाहेक डेयर डेभिल्सका अन्य खेलाडि त्यति लामो समयसम्म क्रिजमा जम्न सकेनन् ।

दक्षिण अप्रिmकामा जारि इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट प्रतियोगिता अर्न्तर्गत आज रोयल च्यालेर्न्जर्स ब्याङग्लोर र कोलकात्ता नाइट रार्इर्डस तथा किङग्स इलेभेन पञ्जाव र मुर्म्बई इण्डियन्स विच खेल हुने भएको छ ।

[comheader]Comments: 0[/comheader]

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal