वेपत्ता नेपाली स्की धावक उत्तम रायमाझी फेसबुकमा फेला परे
MNN REPORTER Report | 12 May 2009 | Views: 970
काठमाडौं, २९ वैशाख । लामो समयदेखि वेपत्ता नेपाली स्की धावक उत्तम रायमाझी फेसबुक अभियानबाट पेरिसमा फेला परेका छन् ।
करीव दुई हप्ता अघि हराएका रायमाझी पेरिसबाट झण्डै सय किलोमिटर टाढा स्थानीय जनताको सहयोगमा बाँचेका उनीसँग सहभागी टोलीले जनाएको छ ।
'सबै आगन्तुकलाई फेसबुकमा खोजीको लागि सचेत गराएका थियौं ' टोलीले भन्यो । अंग्रेजी, फ्रेन्च भाषा नजान्ने १७ वर्षे रायमाझीसँग पैसा र आफ्न्तको फोन नम्बरसमेत थिएन । पेरिस प्रहरीले विभिन्न समयमा उनलाई फेला पारे पनि आधिकारिक भिषाका कारण जेल चलान गर्न सकेन ।
फ्रेन्च विद्यार्थी टोम बाराजीले ४ सय भन्दा बढी आफ्ना शुभचिन्तक माझ फेसबुक अभियानबाट रायमाझीको फोटो सार्वजनिक गरेका थिए । बाराजी नेपाल स्की टीमका पूर्व जनसम्पर्क अधिकृत हुन । उनको खोजीको लागि पेरिसको व्यास्टलीमा फेसबुक मार्फत अभियान संचालन गरिएको थियो । उनी अचानक इन्टरनेट सामाचारमा सार्वजनिक भएका थिए । नेपाल स्की खेलका संस्थापक रिचार्ड मोरलीका अनुसार रायमाझी नेपाल ओलम्पिक कमिटीमा भएको आर्थिक अनियमिताका कारण असन्तुष्ट थिए ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)