पाकिस्तानमा दुई सिखको टाउको काटी हत्या, भारतमा व्यापक तनाव

MNN Reporter Report | 22 Feb 2010 | Views: 107

नयाँ दिल्ली, फागुन १० (एजेन्सी) । पाकिस्तानमा तालिबान विद्रोहीहरुले दुई भारतीय मूलका सिखहरुको टाउको काटी हत्या गरेका छन् । पाकिस्तानको अशांत उत्तर पश्चिम क्षेत्रमा एक महिना पहिले अपहरण गरिएका दुई सिखहरुको तालिबानले आइतवार बिहान हत्या गरेका हुन् ।

जसपाल सिंह र महाल सिंह नाम गरेका शिखहरुको लाश खैबर भन्ने ठाउँ को आदिवासी इलाका र ओरकजई एजेन्सीमा पाइएको खबर छ । तालिबानद्वारा फिरौतीका लागि बन्धक बनाइएका अरु सिखहरुको संख्या बारे अझै स्थिति स्पष्ट भएको छैन । एक रिपोर्टमा अपर्हित सिखहरुको संख्या छ बताइएको छ भने अन्य सूत्रहरुले यो संख्या चार बताएका छन् ।

मारिएका सिखहरुको अपहरण तालिबानको प्रभुत्व रहेको इलाकाबाट ३४ दिन पहिले गरिएको थियो । श्रोतका अनुसार फिरौती दिने समय सकिएकोले उनीहरुको हत्या भएको हो । अहपरण गरिएका गुरविंदर सिंह र गुरजीत सिंह अहिले पनि तालिबानको कब्जा रहेको बताइएको छ ।

घटनाबाट भारतमा व्यापक तनाव
शिखहरुको हत्याबाट भारतमा व्यापक तनाव र रोष देखिएको छ । शिखहरुको संगठन शिरोमणि गुरुद्वारा प्रबंधक कमिटीले पाकिस्तानमा गरिएको शिखहरुको हत्याको कडा शब्दमा आलोचना गर्दै प्रधानमंत्री मनमोहन सिंहसँग पाकिस्तानसँग यो सम्बन्धमा कुरा गर्न अपील गरेको छ । कमिटिका प्रमुख अवतार सिंह मक्करले भने, ' पेशावरमा तलिबान्हारुद्वारा शिखहरुको हत्याप्रति कमिटि र सम्पूर्ण शिख समुदाय आलोचना गर्दछ ।'

उता भारतीय विदेश मन्त्रालयले यो घटनाप्रति आपत्ति जनाउँदै हत्याले भारतमा रहेका सिखहरुको भावनामा धक्का पुगेको बताएको छ ।

[comheader]Comments: 0[/comheader]

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal