बन्द खुलाउँदा फोरमसँग झडप/प्रहरीसहित तीन घाइते
MNN Reporter Report | 22 Feb 2010 | Views: 102
कपिलवस्तु, फाल्गुन ११ । आइतबारदेखि बन्द जिल्लाको प्रमुख ब्यापारिक केन्द्र कृष्णनगर बजार खुलाउन खोज्दा सोमबार साँझ कृष्णनगरमा सशस्त्र प्रहरी र मधेशी जनअधिकार फोरमका कार्यकर्ताबीचबीच झडप भएको छ । झडपमा प्रहरी निरीक्षकसहित तीन घाइते भएका छन् ।
फोरम आबद्ध युबा फ्रण्टका केन्द्रीय पदाधिकारीलाई दुर्व्यवहार गर्ने सशस्त्र प्रहरीलाई कार्वाहीको माग गर्दै जिल्ला बन्द गरिएको थियो । कृष्णनगरस्थित भन्सार लिङ्क गेट अगाडी गाडी चलाउन खोज्ने सशस्त्र र आन्दोलनकारी बिच झडप भएको थियो । झडपमा आन्दोलनकारीले ढुंगा हाने पछि सशस्त्रले २ राउण्ड हवाई फायर र लाठी चार्ज गरेको थियो ।
झडपमा सशस्त्रका निरीक्षक नरबहादुर शाही र जबान बद्रीनारायण मुसहर तथा आन्दोलनकारी पदम चौरसिया घाइते भएको प्रहरीले जनाएको छ । घाइते सशस्त्र प्रहरी थप मद्धतका लागि कृष्णनगरमा जिल्लास्थित बिन्धबासीनी गणबाट आएका थिए । उनीहरुको अबस्था सामान्य छ । सोमबार सदरमुकाम तौलिहबा बजार पुर्ण रुपमा खुलेको थियो भने कृष्णनगर बजार बन्द रहेको थियो ।
फोरम आबद्ध युबा फ्रण्टका केन्द्रीय अध्यक्ष योगेन्द्रराय यादव लगायतका नेतालाई सशस्त्र प्रहरीले शुक्रबार राति कृष्णनगरमा हातपात गरेको आरोप लगाउँदै बन्द आव्हान गरिएको थियो ।
- मनोज पौडेल
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)