दातृ निकायद्वारा शिक्षा सहयोग रोक्का

MNN Reporter Report | 22 Feb 2010 | Views: 148

शिक्षामा भ्रष्टाचार प्रकरण

काठमाडौं, फागुन ११ । बिद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि दिएको सहयोग रकममा शिक्षामन्त्रीले भ्रष्टाचार गरेको आशंकामा दातृ निकायले नेपाललाई दिँदै आएको सहयोग रकम रोक्का गरेका छन् ।

शिक्षा क्षेत्रमा सहयोगका लागि अन्तराष्ट्रिय दातृ निकायवीच समन्वय गरिरहेका डेनिस दुतावासका ओभ फ्रिज लार्सनले भने- ‘हामीले सहयोग रकम रोक्का गरेका छौँ, तर हामी आशा गरौँ निलम्बनको समय कम हुनेछ ।’

बिद्यालय क्षेत्र सुधार परियोजनाका लागि बिदेशी दाताले दिएको रकममा मन्त्रीले हिनामिना गरेका आशंकामा संसदीय समितिले छानविन थालेपछि दातृ निकायहरुले निर्धारित सहयोग रकम रोक्का गरेको घोषणा गरेका हुन् । लार्सनले भने- हामी संसदीय सुनुवाईको प्रतिबेदन कुरिरहेका छौँ, त्यसैका आधारमा निर्णय हुनेछ ।

दातृ निकायका प्रतिनिधिहरुले सोमबार नेपाली अर्थमन्त्रालयका अधिकारीहरुसंग भेट गरेपछि सहयोग रकम रोक्का गर्ने निर्णय गरेका हुन् । शिक्षा क्षेत्रमा सहयोग गर्ने दातृ निकायमा बिश्व बैँक, युनिसेफ लगायतका संस्थाहरु रहेका छन् ।

बिद्यालयस्तरीय पुस्तक छपाईमा गत बर्ष भएका भनिएका भ्रष्टाचारका बिषयमा पनि दाताहरुले चासो देखाएको लार्सनले बताए ।

[comheader]Comments: 0[/comheader]

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal