राप्रपाको सिंहदरबार घेराउ सकियो, अहिले आम सभा हुँदै
MNN Reporter Report | 23 Feb 2010 | Views: 142
काठमाडौँ, फागुन ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको सिंहदरबार धर्ना घेराउ तथा धर्ना दिउँसो ४ बजेदेखि सकिएको छ । सो पार्टीले अहिले वसन्तपुरमा सभा गरिरहेको छ । सभामा पार्टी अध्यक्ष कमल थापालगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।
सिंहदरवार घेराउका क्रममा जिल्ला प्रशासन कार्यालय अगाडि भएको झडपमा राप्रपा नेपालका उपाध्यक्ष किशोरी महत्तो, युवा मोर्चाका उपाध्यक्ष किशोर गुरुङलगायत घाइते भएको सह-महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।
भद्रकालीमा पनि निषेधित क्षेत्र उल्लघंन भएपछि प्रहरीले लाठी चार्ज गरेको छ । भद्रकाली क्षेत्रमा यातायात सुचारु गराउन सडकमा बसेका धर्नाकारीलाई हटाउने क्रममा प्रहरीले लाठी चार्ज गरेको हो । सो क्रममा राप्रपा नेपालका सभासद चन्द्रबहादुर गुरुङलगायत झण्डै ५० नेता कार्यकर्ता लाठी चार्जबाट घाइते भएको श्रेष्ठले बताए ।
समयमै संविधान निर्माण लगायतका माग राख्दै सोमबार उपत्यका बन्द गरेको सो पार्टीले मंगलबार सिंहदरवारमा धर्ना दिएको हो । हिन्दू धर्म, संवैधानिक राजसंस्था र संघीयता लगायतका बिषयमा जनमत संग्रह हुनुपर्ने उक्त पार्टीले माग गर्दै आएको छ । सिंहदरवार घेराउ राप्रपा नेपालका कार्यकर्ता बिहान ९ बजे नै ८ वटै नाकामा पुगेका थिए । सडकमै खाना-खाजा खाएका उनीहरुले नाकामा नाचगान गरेका थिए ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)