राप्रपा नेपालले हतियार उठाउने चेतावनी दियो
MNN Reporter Report | 23 Feb 2010 | Views: 145
जनआन्दोलनका सम्बाहक दलहरु शान्ति र संविधान निर्माणमा इमान्दार छैनन् : थापा
काठमाडौँ, फागुन ११ । राप्रपा नेपालका नेताहरुले राष्ट्रियताका लागि हतियार उठाउने चेतावनी दिएका छन् । सिंहदरबार घेराउ कार्यक्रमपछि अहिले वसन्तपुरमा आयोजित आमसभामा बोल्दै पार्टीका युवा नेता राजेन्द्र लेङ्देनले राष्ट्रिय स्वार्थका लागि हतियार उठाउन तयार भएको बताए । सभालाई सम्बोधन गर्दै राप्रपा नेपालकी सभासद कुन्ती राईले पनि हतियार उठाउने चेतावनी दिइन् ।
यतिबेला सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गरिरहेका छन्। थापाले आफ्नो दलले आह्वान गरेको बन्दलाई सफल पारेर उपत्यकाबासीले अभिमत दिएको बताए। उनले माधव नेपाल सरकारलाई राप्रपा नेपालले दिएको समर्थनबारे पुनर्विचार गर्ने समय आएको उल्लेख गरे।
'यो इतिहासमै असक्षम सरकार सावित भयो', उनले भने- 'यो सरकारको दिन गन्ती सुरु भएको छ।' अध्यक्ष थापाले हिन्दू राज्य र राजतन्त्र बारे जनमतसंग्रहबाट निर्णय लिनुपर्ने माग दोहोर्याए। जनआन्दोलनका सम्बाहक दलहरु शान्ति र संविधान निर्माणप्रति इमान्दार नभएको आरोप लगाउँदै उनले मुलुक गृहयुद्धतर्फ लम्कने खतरामा रहेको उल्लेख गरे ।
'कांग्रेस,माओवादी,एमाले मिलेर असंवैधानिक रुपमा संविधानसभाको म्याद थप्ने षड्यन्त्रमा छन्,' उनले भने- 'असंवैधानिक रुपमा संविधानसभाको म्याद थपे जनतालाई त्यो स्वीकार्य छैन।'
श्रोत: नागरिक समाचार
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)