शान्ति प्रक्रियामा भएको खर्च सार्वजनिक गर- कमल थापा
MNN Reporter Report | 23 Feb 2010 | Views: 99
दरबार हत्याकाण्ड छानबिन गर्न चुनौति
काठमाडौँ, फागुन ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले शान्तिप्रक्रियामा भएको खर्च सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन् ।
'दुई बर्षमा शान्ति र संविधान निर्माणका लागि दुई अर्ब खर्च भएको छ,' सिंहदरवार घेराउ तथा धर्ना कार्यक्रम समापनका क्रममा वसन्तपुरमा आयोजित सभामा उनले भने, 'शान्ति र संविधान निर्माणमा भएको खर्च विवरण जनताले पाउनुपर्छ ।'
अध्यक्ष थापाले वर्तमान सरकार इतिहासकै असफल सावित भएको आरोप लगाउँदै सरकारको दिनगन्ती सुरु भएको बताए । उनले ठूला तीन दल माओवादी, कांग्रेस र एमाले संविधानसभाको म्याद थप्नेतर्फ लागेको दाबी गरे । राप्रपा नेपालले पनि माधव नेपाल नेतृत्वको वर्तमान सरकारलाई गरेको समर्थन भने फिर्ता लिएको छैन ।
वसन्तपुरमा आयोजित सभामा राप्रपा नेपालकी सभासद् कुन्ती शाही, शाहीकालका पूर्व जिविस सभापति राजेन्द्र लिङ्देनलगायतले बोले । सभामा सहभागी हुन सिंहदरवार घेराउमा भेला भएका राप्रपा नेपालका कार्यकर्ता नारावाजी गर्दै वसन्तपुर गएका थिए । हिन्दू धर्म, संवैधानिक राजसंस्था र संघीयता लगायतका बिषयमा जनमत संग्रह हुनुपर्ने माग गर्दै सो पार्टीले सोमबार उपत्यका बन्द गरेको थियो भने मंगलबार सिंहदरबार घेराउ गरेको हो ।
श्रोत: कान्तिपुर
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)