राहत शिक्षकको कोटा रद्द
MNN Reporter Report | 23 Feb 2010 | Views: 83
काठमाडौं, फागुन १२ । शिक्षामन्त्री रामचन्द्र कुशवाहले अनियमितता गरेको खुलासा भएपछि सरकारले राहत शिक्षक कोटा रद्ध गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयमा हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
संसदको सार्वजनिक लेखा समितिले मन्त्री कुशवाहले राहत कोटामा अनियमितता गरेको प्रतिवेदन दिएपछि विदेशी दाताले हात झिक्ने चेतावनी दिएका थिए ।
कोटा रद्ध भएपछि हिजै शिक्षा मन्त्रालयले जिल्लाहरुमा पत्राचार गरिसकेको छ । अर्थमन्त्रीको आह्वानमा बसेको बैठकमा शिक्षा मन्त्री कुशवाह पनि उपस्थित हुनुहुन्थ्यो । उहाँले भ्रष्टाचार गरेको आरोप लागेपछि सरकारबाट फिर्ता गर्ने विषयमा उहाँको दल तराई मधेश लोकतान्त्रिक पार्टीभित्र बहस चलिरहेको छ ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)