फिजीको सातौ विकेट झरयो

MNN Reporter Report | 24 Feb 2010 | Views: 83

काठमाडौ, फागुन १२ । आईसीसी वर्ल्ड लिग डिभिजन-५ क्रिकेटको बुधबार जारी खेलमा नेपालले फिजी समक्ष २ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ् रोजेको नेपाली राष्ट्रिय क्रिकेट टिमले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६७ रन बनायो ।

शक्ति गौचनले दोस्रो व्यक्तिगत विकेट लिएपछि नेपालले फिजीविरुद्धको खेलमा छैटौ विकेट लिएको छ । यसअघि वसन्त रेग्मीले दुई विकेट लिइसकेका छन्। २० औ ओभरमा रेग्मीको बलमा पेनी रिका आउट भए । यसअघि शक्ति गौचनले १७ औ ओभरमा नेपालका लागि चौथो विकेट लिएका थिए । उनले फिजीका टी. किडालाई एलवीडब्लु गरे। २२.४ ओभरमा ५ विकेट गुमाएर फिजीले ६० रन बनाएको बताइएको छ ।

यसअघि नेपालका लागि महबुब आलमले दोस्रो विकेट लिएका हुन्। आलमको बलमा सेकोभ राभोका वसन्त रेग्मीबाट क्याचआउट भएको यसअघि विनोद दाशको बलमा फिजीका कप्तान जोसेफ रिका पारस खड्काबाट क्याचआउट भएका थिए । व्याटिङमा उत्रिएको फिजीको टिमलाई नेपाली बलरहरुले आफ्नो दवावमा राखेका छन् ।

व्याट्सम्यान सरद भेषवाकरको शतकको मद्धतले नेपाली क्रिकेट टोलीले फिजीलाई २ सय ६८ रनको कडा चुनौती दिएको छ। भेषवाकरले अविजित १ सय ५ रन जोडेका छन्। नेपालले निर्धारित ५० ओभरमा ७ विकेट क्षतीमा २ सय ६७ रन बनाएको हो। आईसीसी विश्व क्रिकेट लिग डिभिजन ५ अन्तर्गत चौथो खेलमा पनि नेपालको सुरुवात खराब भएको थियो। फिजीविरुद्ध कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले शक्ति गौचनलाई सून्यमा र मोहम्मद आलमलाई १० रनमा गुमाएको हो।

तेस्रो विकेटका रुपमा दीपेन्द्र चौधरी ९ रनमा आउट भए। सुरुका तीनै विकेट टुकानो टाभोले लिएका हुन् । फिजीका टिकोभानुएलोभु किडालेले ३ र इनियासी काकाकेले १ विकेट लिए।

नेपाली टिमका कप्तान पारस खड्का ७५ रन बनाएर आउट भए। सुरुवाती ब्याट्सम्यानहरु असफल भए पनि कप्तान पारस खड्का र सरद भेसवाकरको जोडीले फिजीविरुद्धको खेलमा नेपालको इनिङलाई प्रभावशाली रुपमा अगाडि बढाएका थिए।

नेपालका लागि ज्ञानेन्द्र मल्ले १०, वसन्त रेग्मीले २७, विनोद दाशले ६ रन बनाए। महेश क्षेत्री ८ रनमा अविजित रहे ।

श्रोत: नागरिक समाचार

[comheader]Comments: 0[/comheader]

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal