शेयर कारोवार भोलिदेखि अनिश्चितकालीन बन्द हुने

MNN Reporter Report | 24 Feb 2010 | Views: 122

रञ्जित धमला, काठमाडौं, फागुन १२ । निरन्तर घट्दो सेयर बजारलाई उकास्न सरोकारवाला पक्षहरुले पहल नगरेपछि लगानीकर्ताहरु आन्दोलनमा उत्रेका कारण सेयर कारोबार विगत चार दिनदेखि ठप्प भएको छ ।

उनीहरुले २२ बु“दे माग पूरा नहुञ्जेल फागुन १३ देखि अनिश्चितकालीन बन्द हुने जानकारी दिएका छन् ।

साना लगानीकर्ता संघ, इन्भेर्स्र्टस फोरम र नेपाल धितोपत्र लगानीकर्ता संघको संयुक्त आन्दोलनका कारण सेयर कारोबार ठप्प भएको हो । यसको कारण दैनिक २५ लाख रुपैया“ राजस्व समेत नोक्सान हुने गरेको छ । सेयर बजारमा देखिएका समस्या समाधानका लागि आयोजित एक साक्षात्कार कार्यक्रममा पर्ूव अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता रामशरण महतले लगानीकर्ताहरुले चलाएको आन्दोलन मुलुकका लागि चिन्ताको विषय भएको बताए ।

समाधानका लागि सरकारले तुरुन्त व्यवसायीहरुलाई बोलाएर वार्ताको टेवलमा राख्न महतको सुझाव थियो । उनलेे भने, 'यसलाई कसैले पनि प्रतिष्ठाको विषय बनाउनु हु“दैन । बजारलाई थप क्रयास हुनबाट बचाउन तुरुन्तै पहल थाल्नुपर्छ ।'

महतले मुलुकमा लगानीको वातावरण नभएको अवस्थामा पु“जी पलायनले अर्थतन्त्रलाई धरासायी बनाइरहेको र पु“जी बजार पनि क्र्यास भए अर्थतन्त्र ध्वस्त हुने चेतावनी दिए । उनले पु“जी बजारमा सन्तुलनमा राख्न मार्केट मेकर्सहरुको उल्लेख्य भुमिका हुनुपर्नेमा नेपालमा त्यस्तो नदेखिएको यथार्थ सुनाउ“दै सरकारले पनि सेयरको माग बढाउन पहल थाल्नुपर्ने बताए ।

उक्त साक्षात्कार कार्यक्रममा कार्यक्रममा अर्थ मन्त्रालयका सल्लाहकार केशव आचार्यले पु“जी बजारमा मात्र नभई मुद्रा बजार विदेशी विनिमयलगायतका क्षेत्रमा पनि समस्या रहेको जानकारी गराउ“दै सरकारले पु“जी बजारलाई उकास्न कर्मचारी संचय कोषलगायतका क्षेत्रलाई सेयर बजारमा लगानी गराउन पहल गरिरहेको बताए ।

पूंजी बजार प्रभावित हुँदा सरकारको आर्थिक बृद्धिदरको लक्ष्य पनि प्रभावित हुने बताउ“दै आचार्यले सरकार वार्ताबाट नभाग्ने स्पष्ट पारे । सेयर बजारको घट्दो क्रमबाट सरकार चिन्तित भएको बताउ“दै आचार्यले भने- सरकार आन्दोलनकारीसंग वार्ता गर्न कुनै पनि समयमा तयार छ ।

कार्यक्रममा अर्थविद् एवं परराष्ट्रका सल्लाहकार चिरञ्जीवी नेपालले भने सेयर बजारको अवस्था दयनीय भएको अवस्थामा सरकार मौन बस्नु दुर्भाग्यपूर्ण भएको बताए । मुलुकको अर्थतन्त्र धराशयी भएका बेला उकास्ने माध्यम नै पु“जी बजार भएकाले यसतर्फसरकारको बढी नै सचेतता आवश्यक भएको उनको भनाइ थियो ।

आन्दोलनकारीहरुले पटक पटक सुधारका लागि माग गर्दा पनि सम्बद्ध निकायको व्यवस्थाले सेयर बजारमा अहिलेको अवस्था सिर्जना भएको बताए । कार्यक्रममा साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष दीपक कार्की, ब्रोकर संघका अध्यक्ष नन्दकिशोर मुन्दडा र लगानीकर्ता निर्मल प्रधानले आआफ्ना धारणा राखेका थिए ।

[comheader]Comments: 0[/comheader]

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal