विश्वविद्यालयमा आरक्षण प्रणाली खारेज गर्न ब्राहृमण-क्षेत्रीको माग

MNN Reporter Report | 24 Jan 2010 | Views: 193

काठमाडौ, माघ १० । त्रिभुवन विश्वविद्यालय ब्राहृमण-क्षेत्री संर्घष्ा समितिले विश्वविद्यालय जस्तो ज्ञान-विज्ञान एवं विद्यताको खानीमा विभिन्न रङ्ग, भाषाभाषी, जातजाती तथा क्षेत्रका आधारमा राजनीति नगर्न चेतावनी दिएको छ ।

संघर्ष समितिले रङ्ग, भाषभाषी, जातजाती तथा क्षेत्रका आधारमा विश्वविद्यालयलाई बन्धक बनाईए कडा संर्घष्ामा उत्रने चेतावनी दिंदै विश्वविद्यालयमा प्राध्यापक नियुक्तिमा आरक्षणको प्रणाली खारेज गर्नुपर्ने लगायतका ७ बुँदे माग अघि सारेको छ ।

यस्तै प्राध्यापक नियुक्ति प्रक्रिया निष्पक्ष हुनुपर्ने, उच्च क्षमतावान् व्यक्तिलाई छनौट गर्नुपर्ने, विषयगत आवश्यक्ताको आधारमा विज्ञापनलाई नियमित गर्नुपर्ने, विद्यार्थी अनुपातको आधारमा प्राध्यापक नियुक्ति गर्नुपर्ने लगायतका माग संघर्ष समितिले अघि सारेको छ ।

संघर्ष समितिले आइतबार एक विज्ञप्ती जारी गर्दै विभिन्न रङ्ग दिएर प्राध्यापक नियुक्ति प्रक्रियालाई निरन्तरता दिईए विश्वविद्यालय ज्ञानको केन्द्रमा नभई संग्रहालयको रुपमा परिणत हुने चेतावनी दिएको छ ।

[comheader]Comments: 0[/comheader]

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal