कांग्रेस-चैते र एमाले-कात्तिके गणतन्त्रवादी : कमल थापा

MNN Reporter Report | 27 Aug 2010 | Views: 48

काठमाडौं, भाद्र ११ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन दलले अवलम्बन गरेको बाटो त्रुटिपूर्ण भएकै कारण मुलुक बर्बादीको अवस्थामा पुगेको बताएका छन् ।

राप्रपा नेपालको पश्चिमाञ्चल क्षेत्रीय सम्मेलनको शुक्रबार पोखरामा उदघाटन गर्दै थापाले 'ड्राइभर' मात्रै परिवर्तन गरेर केही नहुने भएकाले बाटो नै परिवर्तन गर्न दलहरुलाई सुझाव दिए ।

प्रधानमन्त्री नभएर देश बर्बादीको अवस्थामा पुगेको हैन थापाले भने, 'ड्राइभर जो पनि मुलतः बाटो नफेरे सम्म मुलुकले दिशा लिन सक्दैन ।' थापाले माओवादी अध्यक्ष प्रचन्ड र माधव नेपाल प्रधानमन्त्री भए पनि देशले कुनै परिवर्तन नपाएको जनाए । ०६२/०६३ को आन्दोलन पछि आन्दोलनकारी दलहरु हिडको बाटो नफेरे सम्म मुलुकमा कुनै सुधार नहुने ठोकुवा उनले गरे ।

उनले ०६२/०६३ पछि दलहरुले अंगालेको बाटो नै त्रुटिपूर्ण भएको दाबी गदै त्यो बाटो सुधार नगरी प्रधानमन्त्री जतिपटक फेरे पनि त्यसले मुलुकलाई केही फरक नपार्ने बताए थापाले दलहरुलाई पाँच-पाँच पटक प्रधानमन्त्री छनौट गर्न असफल भए पनि अझै पनि प्रधानमन्त्री छनौट गर्ने रोगले छाडन नसकेको टिप्पणी गरे ।

राजतन्त्र फाल्ने बेला जनतालाई मिठा सपना बाँडेका तिनै दलहरु अहिले सत्ताको लुछाचुडीमा लागेर जनताको भावना माथि खेलबाड गरेको उनले बताए । एमाले र कांग्रेसलाई गाली गर्नेमै समय खर्चेका थापाले कांग्रेसलाई चैते र एमालेलाई कात्तिके गणतन्त्रवादीको सज्ञा दिए ।

Leave a comment



wink twisted surprised sad rolleyes razz redface question mellow idea mad exclaim eek cool cry blink biggrin arrow 

[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Other Headlines
  • Most Viewed





Copyright © 2007 HR Nepal
Powered by HR Nepal