हेलिकोप्टर दुर्घटना हुनबाट जोगियो
MNN Reporter Report | 27 Aug 2010 | Views: 52
काठमाडौँ, भाद्र ११ । सुर्खेतबाट काठमाडौँका लागि उडेको माउन्ट एयरको नाईन एनएडीई कल साईन भएको हेलिकोप्टर मौसमका कारण दुर्घटना हुनबाट जोगिएको छ ।
सो हेलिकोप्टर खराब मौसमका कारण कपिलवस्तुको बालगंगा गाविसको वडा नम्बर १ मा आकस्मीक अवतरण गरे पछि दुर्घटना हुनबाट जोगिएको हो । हेलिकोप्टरमा ४ जना भारतीय नागरिक र चालक दलका २ सदस्य गरी ६ जना सवार थिए । हेलिकोप्टरमा सवार सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

