पूर्व मिस वल्र्ड ऐश्वर्या राय आमा बन्ने
MNN REPORTER Report | 11 Nov 2009 | Views: 952
काठमाडौ,२६ कात्तिक । बच्चन परिवारकी बुहारी पूर्व मिस वल्र्ड ऐश्वर्या राय आमा बन्ने भएकी छन् । सुन्दरता र अभिनयमा पोख्त ऐश्वर्याले आफ्नो ३६ जन्मदिन मनाउँदै गर्दा आमा बन्न लागेको खुलासा गरेकी थिइन् ।
आफु आमा बन्न निकै उत्सुक रहेको बताउदै ऐश्वर्याले यसले क्यारियरलाई कुनै असर नगर्ने दावी गरिन । तीन वर्षअघि अभिषेकसँग विवाह बन्धनमा बाँधिएकी ऐश्वर्याले पछिल्लो समयमा छानेर मात्र चलचित्रमा अभिनय गरिरहेकी छन् । सन्तान जन्माएर एक दुई वर्ष घरमै कुर्नु परे पनि क्यारियरमा कुनै प्रभाव नपर्ने उनले बताइन् । छोरीलाई हुर्काएर चलचित्र फनाबाट काजोलले जसरी पुनरागमन गरिन ऐश्वर्याले पनि त्यसै गर्ने अभिषेकले बताए ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)