नेपाल-कुबेत क्रिकेट प्रतियोगिता नेपाल विजयी

MNN REPORTER Report | 23 Nov 2009 | Views: 955

काठमाण्डौ, ९ मंसिर । नेपालले कुबेतलाई एसिसी टिम ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको बल आउटमा ३-२ ले पराजित गरेको छ । नेपालले प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा विजय प्राप्त गरेको हो ।

नेपालले २० ओभरमा सात विकेटको क्षतिमा १२३ रन बनाएको थियो । संयुक्त अरब इमिरेट्स (युएइ) को शेख जायेद क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको कुबेतले १९ दशमलव एक ओभरमा सबै विकेटको क्षतिमा १२३ रन बनायो ।

नेपालका तर्फबाट बलिङतर्फ दीपेन्द्र चौधरी ४ विकेट, वसन्त रेग्मी २ विकेट, विनोद दास, मेहबुव आलम, सन्जम रेग्मीले समान एक विकेट लिए । त्यस्तै ब्याटिङतर्फ मेहबुव आलम ३२ रन, बिनोद भन्डारी २५ रन, दिपेन्द्र चौधरी १६ रन, बसन्त रेग्मी १२ रन र ज्ञानेन्द्र मल्लले १० रन बनाए ।

समूह बीमा रहेको नेपालले लिग चरणको खेलमा मङ्गलबार ओमनसँग शारजहाँ क्रिकेट रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ ।

[comheader]Comments: 0[/comheader]

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal