सिंहानियाको हत्याको जिम्मा लिन तछाडमछाड
MNN Reporter Report | 2 Mar 2010 | Views: 53
जनकपुर, फागुन १८ । सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या जिम्मा लिन तराई सशस्त्र समूहहरुबीच तछाडमछाड चलेको छ । उनीहरुलाई उपलब्ध सञ्चारकर्मीका फोनमा हत्या आफूहरुले गरेको भन्दै जिम्मा लिने तीन समूह स्पष्ट रुपमा देखिएका छन् ।
ति समूहका व्यक्तिहरुले हत्याको जिम्मा मात्र लिएका छैनन् । अरु सञ्चारकर्मीको हत्याको धम्कीसमेत दिएका छन् । सिंहानिया प्रकाशक रहेको जनकपुर टुडेका सम्पादक बृजकुमार यादवलाईसमेत हत्या गर्ने धम्की सञ्चारकर्मीहरुलाई फोन गरेर दिइएको छ ।
नेपाल पत्रकार महासंघको धनुषा र महोत्तरी शाखाको संयुक्त बैठक बसिरहेको बेला सञ्चारकर्मीहरुको मोवाइलमा फोन गरी तराई जनतान्त्रिक मधेस पार्टीका केन्दि्रय अध्यक्ष बताउने अजयसिंह उर्फ जनकपुर टुडेका सम्पादक यादवकोसमेत हत्या गर्ने धम्की दिएका थिए ।
उनले सञ्चार माध्यमहरुले मधेसवादीको मनोवल खस्काएको, मधेस आन्दोलनलाई बदनाम गराएको, सञ्चार माध्यमहरुले नक्कली सशस्त्र समूहलाई बढावा दिएको, पत्रकारिता क्षेत्रमा आर्थिक विचलन भित्र्याएको जस्ता आरोपसमेत लगाए ।
त्यसैगरी घट्नाको जिम्मा लिनेमा जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन समुह) र तराई आर्मीको पनि नाम आएको छ । यस पटक पनि विगतमा जस्तै घट्नाको जिम्मेवारी लिने होड नै देखिएको छ । सञ्चारकर्मीहरुले भने यसरी हत्याको जिम्मा लिने होडले वास्तविक हत्यारा लुक्ने आशंका गरेका छन् ।
जनकपुरमा उनी एक जना समाजसेवी र धार्मिक उद्यमीको रुपमा रहेको चिनिएका थिए । साथै हालसम्म उनीसंग कसैले चन्दा मागेको वा धम्की दिएको खुलेको छैन । चौधरीले धनुषा जिल्ला विकास समितिका लेखापाल जीवनाथ चौधरीको पनि हत्या गर्ने धम्की दिएका छन् । उनलाई विकास विरोधी भएको आरोप लगाइएको छ ।
सञ्चार उद्यमी सिंहानियाको सोमबार साँझ मोटरसाइकलमा आएका अज्ञात बन्दुकधारीले गोली हानि हत्या गरिएको थियो । जनकपुर बजार पुरै हत्याको शोक र त्रासमा डुवेको छ । सवारी साधन चलेका छैनन्, हाटबजार खुलेको छैन, पान पसलहरुसमेत बन्द छ ।
[comheader]Comments: 0[/comheader]
अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव २०६६ धरानमा सुरु
MNN REPORTER Report | 19 Dec 2009 | Views: 223
काठमाडौं, ४ पौष । अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव २०६६ शुक्रबारदेखि धरानमा सुरु भएको छ । इन्डिजेसियस फिल्म अर्काइभले आयोजना गरेको उक्त महोत्सव एक हप्तासम्म चल्नेछ ।
फिल्म महोत्सवमा बोलिभियाको विल्डीङ डिग्नीटि, तामाङ भाषाको गोदेवा, गुरुङ भाषाको टिडंगा, चेपाङ भाषाको द चिउरी, मगर भाषाको तारामा, नेवार भाषाको गोय मरुलगायतका राष्ट्रिय अन्तराष्ट्रिय तथा लामा छोटा गरी कुल १५ वटा आदिवासी चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिनेछ ।
धरानको सभागृहमा आयोजित उक्त कार्यक्रमको सङ्घीयमामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री डा.मीनेन्द्र रिजालले उद्घाटन गर्नुभएको थियो ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)