सैनिक जवान पक्राउ

MNN REPORTER Report | 16 Feb 2010 | Views: 181

महेन्द्रनगर, ४ फाल्गुण । महिला बलात्कार गर्ने डडेल्धुरा स्थित श्रीनाथ गणमा कार्यरत सैनिकहरु गणेशबहादुर रइसाली र डम्बरबहादुर चन्दलाई पक्राउ गरेको छ ।

जबर्जस्ती करणी गरेको अभियोगमा दर्ुइ जना सैनिक जवानलाई प्रहरीले पक्राउ गरेको हो । पिडित पक्षले दिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसै बीच बहुविवाह गरेको आरोपमा प्रहरी जवान भुपेन्द्र चन्दलाई पनि हिरासतमा लिइएको छ ।

[comheader]Comments: 0[/comheader]

ब्रिटिश गोर्खा कप प्रतियोगितामा आरसिटी विजयि

MNN REPORTER Report | 25 Dec 2009 | Views: 258

काठमाडौँ, १० पौष । रानिपोखरी कर्नर टिम आरसिटीले राजधानीमा जारी ब्रिटिश गोर्खा कप फुटबल प्रतियोगितामा मध्य तथा सूदुरपश्चि-११ लाई भारी गोल अन्तरले पराजित गर्दै विजयि सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको आफ्नो पहिलो खेलमा आरसिटीले दिपक राई र योगेश गुरुंगको ह्याटि्रकको मद्धतमा मध्य तथा सुदुरपश्चिम-११ लाई २ का विरुद्ध १० गोल अन्र्तरले पराजित गरेको छ ।

जारी प्रतियोगिताकै पहिलो ह्याटि्रक गरेका राईले खेलको २२, ३० र ४४ औं मिनेटमा लगातार तीन गोल गरेका थिए । उनले ७२ औं मिनेटमा थप एक गोल गर्दै व्यक्तिगत गोल संख्यालाई चार बनाएका थिए । यस अघि सूरुवाति दुई गोल गरेका योगेश गुरुङ्गले ७८ औं मिनेटमा तेस्रो गोल गर्दै ह्याटि्रक पुरा गरका थिए ।

मध्य तथा सुदुरपश्चिम-११ का लागि भने ऋषि राइले दुवै गोल गरेका थिए । जितसँगै समुह बी मा रहेको आरसिटी टिमले खाता खोल्दै ३ अंक जोडेको छ । यसैविच शुक्रबारको दोस्रो खेलमा अहिले ललितपुरे क्लव नविल थ्री स्टार र ब्वाइज युनियन भिडिरहेका छन् ।

दशरथ रंगशालामा केहिवेर अघि सुरु भएको खेलको पहिलो हाफको समाप्तिमा दुवैले एक-एक गोल गरेका छन । पहिलो हाफको तेस्रो मिनेटैमा सन्तोष साहखलको गोलमा खेलमा अग्रता लिएको थ्री स्टारविरुद्ध सुभम श्रेष्ठले १८ औं मिनेटमा ब्वाइज युनियनका लागि वरावरी गोल गरेका छन् ।

[comheader]Comments: 0[/comheader]

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal