सीमा क्षेत्रमा अब भारतीय एफएम बजाउने तयारी

MNN Reporter Report | 30 Aug 2010 | Views: 95

नयाँ दिल्ली, भाद्र १४ । नेपाली मिडियाको प्रभाव सीमावर्ती भारतीय प्रान्तहरुमा बढ्न थालेको भन्दै भारत सरकारले नेपालसँग सीमा जोडिएका क्षेत्रमा एफएम रेडियो संचालन गर्ने तयारी थालेको छ । नेपाली च्यानलहरुको लोकप्रियता लाई 'काउन्टर' दिन सीमार्ती क्षेत्रमा रेडियो संचालनको तयारी थालिएको हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले लेखेको छ ।

भारतले पाकिस्तानको सीमा छेउमा रेडियो र टेलिभिजन प्रसारणको क्षमता विस्तार पछि नेपाली सीमामा रेडियो स्टेशन स्थापनातर्फ लागेको हो । गत साता भारत सरकारले नेपालसँग जोडिएका बिहारको बेतिया, मोतिहरी र मधुवनीमा एफएम रेडियो संचालनको प्रस्ताव पारित गरेको छ। यी क्षेत्रमा नेपाली एफएम रेडियोहरु लोकप्रिय छन् ।

'यहाँका जनताले भारतीय रेडियो ट्युन गर्न सक्दैनन्, तर उनीहरुले नेपाली रेडियो सजिलै सुन्न सक्छन,' एक सरकारी अधिकारीले भने। भारतीय सुरक्षा निकायहरु नेपाली एफएम रेडियो माओवादीले 'दुरुपयोग' गर्न सक्ने र पाकिस्तानी सेनाले भारत विरोधी 'प्रोपागान्डा' गर्न सक्ने दावी गर्दै आएको छ ।

सूचना तथा ब्रोडकास्टिङ मन्त्रालयले हालै जम्मु-कास्मिर सीमामा भारतीय रेडियोको ट्रान्समिटर क्षमता वृद्धिका लागि एक अर्ब भारु लगानी गर्ने निर्णय गरिसकेको छ । 'हामी अरुतिरबाट आउने रेडियो सिग्नलभन्दा बलियो सिग्नल दिनसक्ने हुनुपर्छ,' सरकारी अधिकारीले भने ।

सीमा क्षेत्रमा ट्रान्समिसन क्षमता बढाएसँगै मन्त्रालयले दूरदर्शन र एयर अफिसले 'विदेशी गलत खबरलाई काउन्टर दिने' कार्यक्रमहरु समेत बनाउन लागेको एक उच्च सुरक्षा स्रोतले जनाएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

Leave a comment



wink twisted surprised sad rolleyes razz redface question mellow idea mad exclaim eek cool cry blink biggrin arrow 

[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Other Headlines
  • Most Viewed





Copyright © 2007 HR Nepal
Powered by HR Nepal