रुग्ण संस्थान खारेज लगायतका मन्त्रीपरिषद निर्णयहरु, गभर्नरको टुङ्गो लागेन

MNN Reporter Report | 17 Feb 2010 | Views: 362

काठमाडौं, फागुन ५ । सरकारले रुग्ण अवस्थामा रहेका सार्वजनिक संस्थानलाई खारेज गर्ने भएको छ ।

सिंहदरवारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राज्यको ऋण तथा शेयर रहेको तर हाल संचालनमा नरहेको संस्थानलाई खारेज गर्ने निर्णय भएको बैठकपछि सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शंकर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

त्यस्तै जनता आवास र सडक बोर्डविभागको निर्दशिका सम्बन्धित समितिमा लैजाने निर्णय बैठकले गरेको छ । जनता आवास कार्यान्वयन कार्यविधि २०६६ लाई सैद्धान्तिक सहमति प्रदान गरिएको पोखरेलले जानकारी दिए।

यसैगरी बैठकले खाद्य संस्थानको अध्यक्षमा विश्वनाथ सिंह र सूचना अध्ययन केन्द्रको कार्यकारी अध्यक्षमा अनुप बास्कोटालाई नियुक्त गर्ने निर्णय पनि गरेको बैठक पछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शंकर पोख्रेलले पत्रकारहरुलाई बताए ।

मन्त्री परिषदको वैठकले रक्सौल देखी अमलेखगञ्जसम्म पेट्रोल पाईपलाइन विस्तार कार्ययोजनालाई स्वीकृति दिएको छ ।

यस्तै वैठकले काठमाण्डौ-निजगढ द्रुत मार्गलाई बन्द सडक वनाउने, सडक आसपासमा भएका रुख कटानी गर्ने निर्णय पनि गरेको संञ्चारमन्त्री पोखरेलले बताए ।

मन्त्री परिषदको वैठकले सामुदायिक पहल कार्यक्रमका लागि जापानले दिएको ७८ करोड ७० लाख रुपैयाँ सहयोग स्वीकृत गरेको छ ।

सरकारले नेपाली सेनाका सहायक रथी कुमार बुढाथोकीलाई उपरथीमा बढुवा गरेको छ । सिंहदरबारमा विहान बसेको मन्त्रिपरिषद बैठकले बढुवाको निर्णय गरेको हो ।

वैठकले प्रधान सेनापती छत्रमान सिंह गुरुङ्गको आगामी अक्टोवर ४ देखी ८ तारिख सम्मको वेलायत भ्रमण अनुमोदन गरेको छ ।

गर्भनर नियुक्तिको विषयमा भने बैठकमा निर्णय हुन नसकेको मन्त्री पोखरेलले बताए ।

[comheader]Comments: 0[/comheader]

युवाहरूको दायित्व

MNN REPORTER Report | 26 Dec 2009 | Views: 598

नेपाली युवाहरूले निरंकुशतन्त्र, सामन्तवाद र राजतन्त्रको अन्त्यका लागि कुनै डर, धाक, धम्की र हिंसाको प्रवाह नगरी, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि खेलेको भूमिका, गरेको संघर्ष र लिएको संकल्पलाई मध्यनजर गर्ने हो भने युवाहरू नै नेपाली जनताका आस्थाका केन्द्र हुन्, मुक्तिदाता हुन्। मुलुकलाई लुटेर खानखोज्ने हुडाहरूबाट देश जोगाउन लागिपरेको द्धवारपाले हुन्। हिमाल, पहाड र तराईमात्र होइन नेपाली जनताको मनजोड्न लागि परेका एकताका प्रतिक हुन्।

नया नेपालको सुनौलो मुहार आखामा सजाएर बसेका नेपाली जनता जसले हिजोको सिंगो निरंकुशता विरुद्धको सफल, शान्तिपूर्ण, संयुक्त जनआन्दोलन सफल पार्न सबै दल, नागरिक समाज, मानवअधिकारवादी, पत्रकार, पेशाव्यवसायी आदिसाग काधमा कााध मिलाएर प्रतिगमनका विरुद्ध लड्न रत्तिभर हिच्किचाएनन्। लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिको मुलुकको वर्तमान परिस्थिति देखेर, मुलुक झन् जटिलतामा फसेको देखेर, राजनीतिक दलहरूबीचको संवाद हराएको देखेर, नेपाली जनताको मन यतिबेला कत्ति दुखेको होला? नयाा नेपालको परिकल्पनामा डुबेका नेपाली जनता दिनदिनैको बन्द र हड्तालले आफ्ना कामकाज ठप्प राखेर, छोराछोरीको भविष्यमा मात्र होइन, सिंगो देशलाई नै बन्दुक, लाठी, मुड्कीले घायल पार्दैछ। यो विडम्बना हो नेपाली जनताको, दुर्भाग्य हो। नेपालमा जारी अराजकता र दण्डहीनताले देशलाई झनपछि झन कमजोर बनाउदैछ।

विभिन्न दलका उच्छृंखल व्यवहार र कुर्सीको हानथापले गर्दा देशका संयन्त्र धरासायी बन्दै गएका छन्। साधारण जनताको त कुरै नगरौं, देश विकासमा लागि परेका सञ्चारकर्मी, पत्रकार, कर्मचारी आदिको कसैको पनि ज्यू धनको सुरक्षा छैन। राजनीतिक दलहरूको संरक्षणमा अपराध मौलाएको छ। अपराधीलाई राजनीतिक संरक्षण दिने कुसंस्कारले गर्दा एकातिर दण्डहिनता मौलाएको छ भने अर्को तर्फ सुरक्षामा खटिएका कर्मचारीहरूको हौसला गिराएको छ। नेपाली जनताको संघर्ष र बलिदानले जन्माएको लोकतान्त्रिक गणतन्त्रलाई वामेसर्ने अवस्थामा नै घााटी निमोट्न सक्रिय जमात शिर उठाइरहेका छन्। विभिन्न राजनीतिक
दलहरू आफ्ना उदण्ड व्यवहार र जन उपसर्ग लागेका शब्दहरू जोडी देशलाई षड्यन्त्रपूर्ण चक्रव्यहुमा फसाउादैछन्। दलहरूमा बढेको सत्तालिप्साले देशलाई अन्धकारतिर डोर्यायउादैछ। सत्ताको बागडोर आफ्नो हातमा पाएमात्र देशमा अमनचयन कायम हुन्छ र देश देशको विकास हुन्छ भन्ने पदलोलुपताप्रतिको व्यग्रताले गर्दा देशले संक्रमणकाल झन लम्बिएको छ। विपक्षीमा रहेका दलहरू पनि एउटा घाइते बाघ जस्तो बागी बनी देशलाई अनिर्णयको बन्दी बनाउन लागि परेका छन्। यस्ता बागीहरू जसले आफू र आफ्नो बाहेक कसैले गरेको काम राम्रो र सफल देख्दैनन्।

गल्तीमा सुझाव सहित मिलेर जानुको सााटो सडक र सदन तताइ युद्धको विगुल फुक्दै हिडिरहेछन्। यस्तो शैली अत्यन्त गलत अराजक र राष्ट्रका लागि घातक सिद्ध हुादैन। यो कस्तो नैतिकता हो?

आमजनतामा विचार र जागृतीको तरङ्ग ल्याउने सामर्थ्य बोकेका युवा शक्तिले लोकतान्त्रिक गणतन्त्रलाई सफल पार्न हरेक अराजकता र उदण्डशीलताका विरुद्ध निर्भीक र दृढ बौचारिक संघर्ष जारी जनमानसमा हट्दै गइरहेको बिश्वास र उदासिनतालाई पुन प्राप्त गर्न लागु पर्नुपर्ने देखिन्छ। वर्तमान अवस्थामा देशमा मानव अधिकार प्रजातन्त्र तथा शान्ति स्थापना निकै संकटमा परेको छ। प्रजातान्त्रिक शैलीको अभाव , दलहरूमा आन्तरिक प्रजातन्त्रको कमी, शासनमा जनसहभागिता, आर्थिक अनुशासन, गिर्दो अवस्थामा दुराचार एवं भष्टाचारजन्य क्रियाकलापहरू यथेष्ट देखापरेको वर्तमान परिपेक्ष्यमा युवाहरूको उचित खवदारीको टड्कारो आवश्यकता देखिन्छ।

नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक, बहुसाास्कृतिक मुलुक हो जहाा सयभन्दा बढी भाषाभाषि उनन्साठीभन्दा बढी जनजाति छन्। हिमाल, पहाड, तराईको विविधताले गर्दा विकासका पक्षहरूमा समानता नभइरहेको अवस्थालाई अझ सामन्ती राजतन्त्र जसले एक भाषा एक संस्कृतिको नीतिका आधारमा आफ्नो शासनसत्ता टिकाउन लाग्दा देशले धेरै ठूलो मूल्य चुकाउनु परेको थियो। देशमा विद्यमान सङ्क्रमण र अराजकताले ढाकेको परिस्थितिमा प्रतिगामी, यथास्थितिवादी तत्वहरूद्वारा राष्ट्र विखण्डनजस्ता खेलहरू खेल्ने प्रयास धेरै कोणबाट हुादैछन्। राष्ट्रमा जति सङ्क्रमण लम्बिन्छ त्यति नै अराजकताको गााठो कसिन्छ। अहिले देश आध्यारो र उज्यालोको दोसााधमा उभिरहेछ। यो तितो यथार्थबाट पाठ सिक्दै समयमा संविधान बनाई वर्तमान संविधानको विषयवस्तुमा रहेको कमी कमजोरी, अन्योलता, अवधारणागत अस्पष्टता हटाई संविधान निर्माण गर्नमा सबै पक्ष लाग्नुपर्ने आवश्यकता देखिन्छ। वर्तमान संविधानसभाको मूल लक्ष्य लोकतान्त्रिक गणतन्त्रलाई सफल र सम्वृद्ध पार्न हरेक क्षेत्र, समुदाय, पिछडिएका जातजाति, लैंगिक समानताका सवालहरूलाई समेट्दै नयाा संविधान समयमा निर्माण गर्नु हो। संविधानमा लिखित संविधानको सर्वोच्चता, शक्ति विकेन्द्रिकरण, नागरिक हकहितको संरक्षण, कानुनी राज्यव्यवस्थाको पालना, स्वतन्त्र न्यायपालिका र न्यायिक पुनरावलोकन, जनउत्तरदायी सरकार र उत्तरदायी राजनैतिक प्रतिपक्षजस्ता लोकतान्त्रिक मूल्यमान्यताहरूलाई समेट्नु पर्दछ।

अतः कानुनबमोजिम शासन सञ्चालन र कानुनको सर्वोच्चतालाई देश विकासको मेरुदण्डको रूपमा स्थापित गराउन युवाशक्तिहरू फेरि जुर्मुराएर उठ्नुपर्ने आवश्यकता देखिन्छ। स्वेच्छाचारी शासनको अन्त्य गर्न, कानुनबमोजिमको शासन सञ्चालन गर्न र राष्ट्रिय राजनैतिक शक्तिबीचको दरारलाई मेटाउन पनि विविध विचारधारा बाकेका युवाहरू राष्ट्रनिर्माणमा एकजुट भई समयमा संविधान निर्माण गर्न अहम भूमिका निर्वाह गरी देशमा हुनसक्ने सम्भावित दुर्घटनाबाट राष्ट्रलाई बचाऊन भन्ने जनआकांक्षा रहेको छ। यो नै युवा दायित्व हो।

–कुमारी खरेल, अधिवक्ता

[comheader]Comments: 0[/comheader]

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

Copyright © 2007 HR Nepal
Powered by HR Nepal