सृष्टि न्यौपाने मिस टीन घोषित

MNN Reporter Report | 9 Jan 2010 | Views: 951

काठमाडौं, पौष २६ । मुभि हाउसको आयोजनामा भएको श्री रिद्धिसिद्धि मिस टिन-२०६६ को सफलता ललिपुर सानेपा निवासी सृष्टि न्यौपानेले हात पारेकी छिन् । हिजो शनिबार भएको अन्तिम प्रतिस्पर्धा कार्यक्रममा सृष्टिलगायत फस्ट रनरअप दिव्यप्रभा झा र सेकेन्ड रनरअप अदिति खरेललाई सो हाउसले विजेता घोषणा गरेको हो ।

यस्तै मिस क्याटवाक सुप्रभा चन्द, मिस ट्यालेन्ट दिव्यप्रभा झा, मिस फोटोजेनिक सृष्टि नेउपाने, मिस बेस्ट हियर अप्रिया खनाल तथा मिस बेस्ट कल्चरको उपाधी भावना गुरुङले हात पारे ।
यसैगरी बेस्ट पर्सनालिटीमा सुप्रभा चन्द, बेस्ट ग्ल्यामरमा नवाङ मोक्तान र बेस्ट पपुलरमा प्रियंका श्रेष्ठले विजय हासिल गरे ।

किशोरीहरुमा लुकेर बसेको प्रतिभा उजागर गर्नका लागि आयोजना गरिएको यस कार्यक्रममा विजेतालगायत सहभागीहरुले राम्रो उपलब्धि हासिल गरेको आयोजक मुभि हाउसका संयोजक सन्तोष सापकोटाले बताउनुभयो ।

नेपालका विभिन्न स्थानबाट सहभागिता जनाइएको उक्त कार्यक्रममा सुरुमा ११३ जनाले आवेदन दिएको र त्यसबाट छानिएकामध्ये ३० जनाबाट मिस टिनको घोषणा गरिएको संयोजक सापकोटाले जानकारी दिए ।

[comheader]Comments: 0[/comheader]

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal