राष्ट्रिय सहमतिको विकल्प छैन - प्रधानमन्त्री

MNN Reporter Report | 27 Feb 2010 | Views: 143

काठमाडौँ, फागुन १५ । प्रधानमन्त्री माधबकुमार नेपालले संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन दलहरुबीच राष्ट्रिय सहमतिमा जोड दिएका छन्। राजधानीमा शनिबारदेखि सुरु एसियाली राजनीतिक दलहरुको अन्तराष्ट्रिय सम्मेलनको १२ औं स्थायी समिति बैठक उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सहमतिको विकल्प नभएको बताए ।

संविधान निर्माण र शान्ति प्रक्रिया सरकारको मुख्य एजेण्डा रहेको भन्दै उहाँले सबै दलले यसलाई उच्च प्राथमिकता दिनुपर्ने बताए । ‘शान्ति प्रक्रियालाई पूर्णता दिन एकीकृत नेकपा माओवादीले सरकारलाई सहयोग गर्नुपर्छ,’ प्रधानमन्त्री नेपालले भने, ‘गतिरोध अन्त्यका लागि दलहरुबीच प्रयास जारी रहेको छ ।’ राजनीतिक गतिरोध धेरै दिन कायम नरहने उनको विश्वास थियो ।

सम्मेलनमा विभिन्न १७ राष्ट्रका ५२ दलका प्रतिनिधि सहभागी छन् ।

[comheader]Comments: 0[/comheader]

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal