होली मनाउन प्रधानमन्त्रीको आग्रह
MNN Reporter Report | 28 Feb 2010 | Views: 90
काठमाडौँ, फागुन १६ । प्रधान मन्त्री माधवकुमार नेपालले होलीको अवसरमा सम्पूर्ण नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन् । होलीको उपलक्ष्यमा आइतबार जारी गरिएको प्रधान मन्त्रीको शुभकामना सन्देशमा वसन्त ऋतुको आगमनसँगै मनाइने यो पर्वले नयाँ सृष्टि, प्रगति तथा सौन्दर्यको प्रवेशलाई मङ्गलमय बनाउने अपेक्षा उल्लेख छ ।
सन्देशमा प्रधान मन्त्री नेपालले नेपाली समाजमा चलिआएको सामाजिक सदभाव, आपसी प्रेम र मित्रता साटासाट गर्ने प्रचलनलाई अझ सुदृढ गर्दै फागु पर्वको साँस्कृतिक एवम् परम्परागत विशिष्टता जोगाउन आह्वान गरेका छन् ।
साथै प्रधान मन्त्री नेपालले मर्यादितरुपमा होली पर्व मनाउन सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आग्रह पनि गरेका छन् । - रासस
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)