सेक्सको बेला छात्राहरुलाई शान्त रहन अपील
MNN REPORTER Report | 7 Feb 2010 | Views: 222
लण्डन, माघ २५ । एक बेलायती अल गर्ल कलेजमा विद्यार्थी यूनियनले करिब ४ सय अन्डरग्रायजुयट छात्राहरुलाई इमेल गरेर सेक्सका क्रममा शान्त रहन अपिल गरेको छ ।
क्याम्ब्रिज यूनिभर्सिटीका न्युनह्याम कलेको विद्यार्थी युनियनले यो कदम विभिन्न ३० उजुरीपछि उठाएको हो । जसमा अन्य छात्राहरुले आरोप लगाएका थिए कि केही छात्राहरुको कोठाबाट अबेर रात आवाज आउन गर्दथ्यो ।
इमेलमा विद्यार्थी युनियनका अध्यक्ष लिजी कोलले लेखका छन्, कलेजको भित्ता निकै पातलो छ, त्यसैले आवाज बाहिरसम्म आउछ । जुन अन्य छात्राको पढाई र निद्रामा खलल पुर्याउनेछ ।
केही छात्राहरुले यो इमेलको जवाफमा भनेका छन्, हामीलाई लाज लागेको छ कि आफ्नो अबेर रातको गतिविधिका कारण अन्य युवतीहरुलाई समस्या भयो । एक २० वर्षिया छात्राले भनेकी छन्, यो बढी शर्मनाक छ कि छिमेकी तपाईको गतिविधिका बारेमा जान्दछन् र स्पष्टसंग आवाजसमेत सुन्न सक्दछन्।
श्रोत: अग्निवाण
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)