भीषण वर्षाले सातको मृत्यु
MNN Reporter Report | 30 Aug 2010 | Views: 29
सुर्खेत, भाद्र १५ । कालीकोटको भर्ता गाविस-१ मा अविरल वर्षाले घर भत्किदा एकै परिवारका चार सदस्य सहित सात जनाको मृत्यु भएको छ । अन्य तीन जना बाँच्न सफल भएका छन् ।
क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराति साढे ११ बजे पर्व दमाईको घर भत्किदा उहाँका १० वर्षीय छोरा रज दमाई, ७ वर्षीय छोरा अलि दमाई र चार वर्षीया छोरी काली दमाईको मृत्यु भएको हो ।
यसैगरी पाहुना भएर गएका सुखदीया गाविसका ३७ वर्षीय काशी दमाई, उहाँकी २५ वर्षीया श्रीमती मानी दमाई, ७ वर्षीया छोरी काली दमाई र चार वर्षीय छोरा धर्म दमाईको पनि मृत्यु भएको छ ।
घरधनी पर्व दमाई, उहाँकी श्रीमती हरिशोभा दमाई र पाहुना भएर गएका सुखदिया गाविसका १२ वर्षीय नव दमाई घाइते भएका छन् । घरमा सुतिरहेको बेला गएराति साढे ११ बजे घर भत्किएपछि उनीहरु पुरिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी नायब निरीक्षक हरि कार्की नेतृत्वको १५ जनाको टोली, स्थानीय प्रहरी चौकीबाट पाँच जनाको टोली र स्थानीयबासीले घटनास्थलमा उद्धार गरेका थिए ।
घटनास्थल सदरमुकाम मान्माबाट पाँच घण्टाको पैदल दूरीमा पर्दछ ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

