तीन राजदूतले माओवादी अध्यक्ष प्रचण्डलाई भेटे
MNN Reporter Report | 9 Sep 2010 | Views: 32
काठमाडौँ, भाद्र २४ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली सेनालाई अनमिनको अनुगमनबाट मुक्त गराएर सरकारले बिस्तृत शान्ति सम्झौता उल्लंघन गर्न खोजेको आरोप लगाएका छन् ।
विहीबार प्रचण्ड निबास नयाँबजारमा संयुक्त राष्ट्रसंघका राजनीतिक अधिकारीसँग भेटका क्रममा उनले उक्त आरोप लगाएका हुन् । अध्यक्ष प्रचण्डले सरकारले विस्तृत शान्ति सम्झौता विपरित अनमिनको कार्यादेश परिवर्तन गर्न खोजेको आपत्ती जनाउँदै विस्तृत शान्ति सम्झौता अनुसार नै अनमिनले नेपाली सेना र जनसेनाको अनुगमनलाई निरन्तरता दिनुपर्ने बताउए ।
प्रचण्डले सरकारले शान्तिसम्झौता विपरित अनमिनको कार्यादेश कटौती गरेर देशमा युद्ध निम्ताउन खोजेको आरोप लगाउँदै सरकारले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा आफ्नो पार्टीसँगको छलफलविना नेपाली सेनालाई अनमिनको अनुगमनबाट बाहिर राख्ने आशयको पत्र पठाएकोमा असन्तुष्टि जनाए ।
त्यसैगरि अनमिनको म्याद र उसको काम कारवाही बारे तिब्र प्रतिक्रिया आइरहेको बेला संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्संग सम्वद्ध देशका राजदूतहरु बेलायती राजदूत जोन टक्नट्, फ्रान्सका गिल्स अनरी गराउत र अमेरिकी राजदूत स्कट एच डेलिसीले संयुक्त रुपमा प्रचण्डसंग भेट गरेका छन् । भेटका क्रममा राजदूतहरुले माओवादीलाई सहमति सहित अघि बढ्न आग्रह गरेको बुझिएकोछ ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

