एन्फाले राष्ट्रिय लिग सञ्चालन गर्ने
MNN Reporter Report | 17 Aug 2010 | Views: 99
काठमाडौं, भाद्र १ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु लिगलाई काठमाडौँमा मात्र सीमित नगरी देशव्यापी बनाउने उद्देश्यले व्यापक तयारीका साथ २०६८ सालदेखि राष्ट्रिय लिग सञ्चालन गर्ने भएको छ ।
एन्फाले सोमबार २०६७ र २०६८ सालको वाषिर्क खेल तालिका प्रकाशित गर्ने क्रममा सो महìवाकाङ्क्षी योजनाको खुलासा गरेको छ । एन्फाले २०६७ र २०६८ सालमा देशभरिमा ५३ प्रतियोगिता तथा कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ ।
देशव्यापी प्रतियोगिताबाट मोफसलमा रहेका प्रतिभाशाली खेलाडीले पनि खेल्ने अवसर प्राप्त गर्ने, जिल्ला संघ अन्तर्गतका क्लबबीच प्रतिस्पर्धा भइरहने र जिल्लाको समेत वर्गीकरणले गर्दा जिल्ला संघबीच स्वस्थ प्रतिस्पर्धा भई जिल्ला संघलाई सक्रिय हुन अभिप्रेरित गर्ने हुँदा देशव्यापी रूपमा फुटबल गतिविधि निरन्तर सञ्चालन भई अन्ततः नेपालको फुटबल खेलको विकासमा टेवा पुग्ने विश्वासमा एन्फा रहेको जानकारी महासचिव धीरेन्द्र प्रधानले दिएका छन् ।
राष्ट्रिय लिगको अवधारणाअनुरूप एन्फासँग आबद्ध ४० जिल्लामध्ये ३७ जिल्लालाई ‘ए’ डिभिजनमा १०, ‘बी’ डिभिजनमा १२ र ‘सी’ डिभिजनमा १५ गरी वर्गीकरण गरिनेछ । पहिलो चरणमा यस संघसँग आबद्ध ३७ जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुरबाहेक)का जिल्ला फुटबल संघसँग आबद्ध रहेका कम्तीमा दस क्लबबीच लिग सञ्चालन गरी प्रथम टिमको छनोट गरिनेछ ।
दोस्रो चरणमा प्रत्येक डिभिजनमा प्रथम हुने जिल्लाका टिमबीचमा लिग खेल खेलाई स्थान निर्धारण गरिनेछ र जिल्ला क्लबबाट दुई टिमलाई प्रत्येक डिभिजनको राष्ट्रिय प्रतियोगिताका लागि छनोट गरिनेछ । जिल्ला ‘ए’ डिभिजन लिगमा अन्तिम हुने दुई टिमलाई जिल्ला ‘बी’ डिभिजनमा रेलिगेसन गरिने बताइएको छ । जिल्ला ‘बी’ लिगमा उच्चस्थान हासिल गर्ने दुई जिल्ला ‘ए’ डिभिजनमा प्रवेश गर्नेछन् ।
वाषिर्क कार्यक्रममा महिला फुटबललाई पनि महत्व दिएको छ । राष्ट्रिय महिला फुटबल प्रतियोगिता मङ्सिरमा हुनेछ भने पुस १३ देखि पुस २२ गतेसम्म पहिलोपटक ‘ए’ डिभिजन महिला लिग फुटबल प्रतियोगिताको आयोजना हुनेछ । एएपीएफले टिम बनाइसकेको छ भने नेपाल आर्मी र प्रहरीले पनि महिला फुटबल टिम बनाउँदैछ ।
यसैगरी एन्फा अध्यक्ष गणेश थापाले शीर्ष क्लबलाई पनि महिला फुटबल टिम बनाउन हौसला प्रदान गर्ने बताएका छन् । महिला लिगमा आठ क्लब हुनेछन् । २०६७ सालमा सिनियर राष्ट्रिय टिमका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताको खडेरी परेको छ ।
cycEj3 <a href="http://jmzsthgpxcwr.com/">jmzsthgpxcwr</a>, [url=http://vqwuntaljcol.com/]vqwuntaljcol[/url], [link=http://cjsfpobftchr.com/]cjsfpobftchr[/link], http://wzhvlxruxhlz.com/
gXQyOS <a href="http://mccoqesvoqju.com/">mccoqesvoqju</a>, [url=http://jfibdzwxqrqn.com/]jfibdzwxqrqn[/url], [link=http://tlayeycffgnh.com/]tlayeycffgnh[/link], http://rnfdrbximejp.com/
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

