माओवादी सभासदको गाडी तोडफोड

MNN Reporter Report | 19 Aug 2010 | Views: 126

काठमाडौं, भाद्र ३ । मकवानपुरका दुई माओवादी सभासद्हरु चढेको कारमा पथलैयाका युवा समूहले आक्रमण गरेको छ । मकवानपुर क्षेत्र नं. ३ का माओवादी सभासद प्रल्हाद लामिछाने र क्षेत्र नं. ४ की सभासद कुमारी मोक्तानमाथि आक्रमणको प्रयास भएको हो ।

राजमार्गमा हेटौँडातर्फ आउँदै गरेको कारले पथलैयातर्फ जाँदै गरेको वा २४ प ५६९६ र ना ११ प ५३६५ नं. को मोटरसाइकललाई साइड च्यापेको आरोप लगाउँदै युवा समूहले गाडी तोडफोड गरेको सभासद लामिछानेले बताए । युवाहरुको आक्रमणमा परी कार चालक काठमाडौंका विकास थापा र बनेपाका प्रदीप कर्माचार्य घाइते भएका छन् । प्रहरीले परवानीपुरबाट युवाहरुलाई मोटरसाइकलसहित पक्राउ गरेको बताएको छ ।

आक्रमणको प्रयास गर्ने चारै जनालाई प्रहरी पिछा गर्दै परवानीपुरबाट ना ११ प ५३६५ र बा २४ प ५६९६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौडाका सुवास लोप्चन, अमिर पौडेल, संग्राम थापा र उदय तामाङ छन् । उनीहरुलाई सिमरा प्रहरी कार्यालयमा राखिएको छ । सभासदको गाडीले साइड नदिएको भन्दै उनीहरुले सभासदमाथि हातपात गरेका थिए ।

5. | 6 Sep 2010 - 03:24

Very nice site!
4. | 6 Sep 2010 - 03:23

Very nice site! cheap cialis http://yieapxo.com/qoqav/4.html
3. | 6 Sep 2010 - 03:23

Very nice site! [url=http://yieapxo.com/qoqav/2.html]cheap cialis[/url]
2. | 6 Sep 2010 - 03:23

Very nice site! <a href="http://yieapxo.com/qoqav/1.html">cheap viagra</a>
1. | 6 Sep 2010 - 03:23

Hello! aeckbed interesting aeckbed site!

Leave a comment



wink twisted surprised sad rolleyes razz redface question mellow idea mad exclaim eek cool cry blink biggrin arrow 

[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Other Headlines
  • Most Viewed





Copyright © 2007 HR Nepal
Powered by HR Nepal