बाढी पहिरोले ठाउँ-ठाउँमा जनजीवन प्रभावित
MNN Reporter Report | 20 Aug 2010 | Views: 75
काठमाडौं, भाद्र ४ । अबिरल वर्षासँगैको बाढी पहिरोले देशका विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ । कतिपय बस्ती डुबानमा परेका छन् भने पहिरोले ठाउँ ठाउँमा सडक अबरुद्ध भएको छ ।
महाकाली नदीमा पानीको बहाव बढेपछि स्थानीयवासी बस्तीमा बाढी पस्ने डरले त्रसित भएका छन् । नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले नेपाल-भारत आवतजावत गर्ने बनवासा पुलमा दुईदिन देखि आवागमन बन्द गरेको छ ।
पुलको अवस्था कमजोर भएकोले आवागमनमा रोक लगाइएको हो । महाकाली नदी नियन्त्रणका लागि भन्दै एक महिना अघि भीमदत्त नगरपालिका-११ भुजेलामा बनाएको तटबन्धको ५० मिटर क्षेत्र बाढीले भत्काएको छ । बाढीले तटबन्धसँगै राखिएका ७ वटा स्पर समेत बगाएको छ ।
जनताको तटबन्ध कार्यक्रम अन्र्तगतका बनाइएका तटबन्ध र स्पर बगेपछि बाढी गाउँ पस्ने डरले स्थानीयवासीहरु त्रसित बनेका छन् । उनीहरुले सुरक्षित स्थानतर्फ बस्ने व्यवस्था मिलाईदिन स्थानीय प्रशासनसँग आग्रह गरेका छन् ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

