एमआरपी पासपोर्ट छपाई ओबर्थरलाइ नै
MNN Reporter Report | 27 Aug 2010 | Views: 62
काठमाडौँ, भाद्र ११ । लामो समयसम्म विवादमा रहेको मेसिन रिडेबल पासपोर्ट एमआरपी मुद्रण सम्बन्धी सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मुक्तिनाथ भट्ट र फ्रान्सको ओबर्थर टेक्नोलोजिजका एशिया बजार निर्देशक फ्लोरिन प्याकलिनले एमआरपी मुद्रण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार ओबर्थरले नेपालका लागि ४० लाख थान एमआरपी सन् २०१५ भित्र छपाई गर्नेछ । विभागीय मन्त्री सुजाता कोइरालाले एमआरपीको पानीचित्र र डिजाइनमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि मन्त्रिपरिषदको बैठकले मुद्रणमा हस्ताक्षर गर्ने जिम्मेवारी प्रधानमन्त्री माधवकुमार नेपाललाई दिएको थियो ।
प्रधानमन्त्री नेपालले मुद्रण प्रक्रियामा हस्तक्षेप गरेपछि लामो समयदेखिको विवादित एमआरपी मुद्रण प्रक्रिया टुंगिएको छ ।
विभागीय मन्त्री कोइरालाले एमआरपीको पानीचित्र र डिजाइनमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि एमआरपी मुद्रण सम्झौतामा ढिलाई भएको थियो ।
प्रधानमन्त्री नेपालले विभागीय मन्त्रीले नै हस्ताक्षर गरे उपयुक्त हुने मनसाय राखी केही समय पर्खिने मनस्थिति बनाएका कारण सम्झौता पत्रमा हस्ताक्षर हुन ढिलाई भएको थियो ।
अदालतले समेत स्वीकृति दिएको र कानूनी प्रक्रियाअनुसार आएको भन्दै सरकारले एमआरपी मुद्रण गर्न ओबरथरलाई नै दिने निर्णय गरेको हो ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

