माओवादी सत्ता कब्जा गर्न उद्दत - प्रधानमन्त्री

MNN Reporter Report | 28 Aug 2010 | Views: 60

काठमाडौं, भाद्र १२ । प्रधानमन्त्री माधबकुमार नेपालले जनसेनालाई प्रयोग गरेर माओवादी सत्ता कब्जा गर्न उद्दत रहेको आरोप लगाएका छन् । काठमाडौंको गोठाटारमा शनिबार आयोजित एक कार्यक्रममा नेपालले जनसेनालाई मिसाएर नेपाली सेनालाई बिगार्न माओवादीले षडयन्त्र गरिरहेकोसमेत दाबी गरे ।

माओवादीप्रति आक्रामक रुपमा प्रस्तुत हुनु भएका प्रधानमन्त्री नेपालले माओवादी जनसेनाको हतियारको टुङ्गो नलागेसम्म नयाँ संविधान नबन्ने पनि बताए ।

प्रधानमन्त्रीको राजीनामालगत्तै सबै समस्याको समाधान गर्ने बताएको माओवादीले दुई महिनासम्म पनि निकास निकाल्न नसकेको भन्दै प्रधानमन्त्रीले माओवादी आफ्नै जिद्दीको कारण दलदलमा फसेको टिप्पणी गरे ।

संविधान निर्माण र शान्तिप्रक्रियामा भइरहेको ढिलाइले आम नागरिकमा दल र नेताप्रति बितृष्णा भइरहेकोले छिटो सहमति कायम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । नेकपा एमालेका बरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री नेपालले राष्ट्रिय सहमतिकै लागि एमाले तटस्थ बसेको स्पष्ट पारे ।

1. | 28 Aug 2010 - 04:04

Every body admits that humen's life is very expensive, nevertheless people need cash for various stuff and not every one earns big sums money. So to get quick <a href="http://bestfinance-blog.com">loan</a> and just financial loan should be a correct solution.

Leave a comment



wink twisted surprised sad rolleyes razz redface question mellow idea mad exclaim eek cool cry blink biggrin arrow 

[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Other Headlines
  • Most Viewed





Copyright © 2007 HR Nepal
Powered by HR Nepal