तीनवटै प्रतिवेदनलाई एक बनाउन माओवादी स्थायी कमिटीमा माग

MNN Reporter Report | 28 Aug 2010 | Views: 14

काठमाडौं, भाद्र १२ । एकीकृत नेकपा माओवादी स्थायी समितिका सदस्यहरुले केन्द्रीय कमिटीमा प्रस्तुत तीनवटै प्रतिवेदनलाई एक बनाएर लैजान सुझाव दिएका छन् ।

शनिबारको बैठकमा बोल्ने स्थायी समिति सदस्यहरुले तीनवटै प्रतिवेदनमाथि आ-आफ्नो धारणा राख्दै एउटै बनाएर लैजान नेतृत्वलाई सुझाव दिएको एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

बैठकमा बोल्ने सदस्यहरुले प्रतिवेदनमाथि फरक-फरक धारणा राखेपनि प्रतिवेदनमा रहेका सकरात्मक कुरालाई समेटेर एउटै बनाएर लैजान सुझाव दिएका हुन् ।

शनिबारको बैठकमा सचिव सीपी गजुरेल र पोष्टबहादुर वोगटी तथा स्थायी समितिका सबै सदस्यहरुले आ-आफ्नो भनाई राखेको माओवादीले जनाएको छ ।

बैठकमा पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले पनि तीनवटै प्रतिवेदनमा भनाई राख्नु भएको पोलिटब्युरो सदस्य जर्नादन शर्मा प्रभाकरले जानकारी दिनुभयो । सदस्यहरुले भनाई राख्ने क्रम जारी रहेकाले आइतबार विहान ११ बजे बैठक फेरि बस्नेछ ।

केन्द्रीय समितिमा छलफल सकिएपछि कार्त्तिक पहिलो साता हुने बिस्तारीत बैठकमा प्रतिवेदन प्रस्तुत गरी संष्लेशित रुप दिइने माओवादीले जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमा घरेलु प्रतिक्रियावाद र भारतीय विस्तारवाद विरुद्ध सदन, सडक र सरकारबाट सशक्त संघर्ष गर्दै शान्ति र संविधानलाई पूर्णता दिनुपर्ने उल्लेख छ ।

यसैगरी बरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’को प्रतिवेदनमा चुनवाङ बैठकयता पार्टीभित्र दक्षिणपन्थी प्रवृत्ति हावी भएको भन्दै शान्ति र संविधानको सुनिश्चितताको लागि जनविद्रोहको रणनीति तय गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

उपाध्यक्ष डा. बाबुराम भट्टराईको प्रतिवेदनमा भने जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनबाट प्राप्त उपलब्धी रक्षाका लागि शान्तिपूर्ण बाटोबाट शान्ति र संविधानलाई पूर्णता दिनुपर्ने उल्लेख छ ।

बुधबारदेखि केन्द्रीय कार्यालय पेरिसडांडामा जारी बैठकमा तीनवटै प्रतिवेदन माथि सामुहिक छलफल भइरहेको छ ।

Leave a comment



wink twisted surprised sad rolleyes razz redface question mellow idea mad exclaim eek cool cry blink biggrin arrow 

[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Other Headlines
  • Most Viewed





Copyright © 2007 MirrorNepal News Network Pvt. Ltd.
Powered by HR Nepal