बजेट ल्याउन अर्थमन्त्रीको प्रचण्डसंग भेट
MNN Reporter Report | 28 Aug 2010 | Views: 42
काठमाडौँ, भाद्र १२ । कामचलाउ सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटका विषयमा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग छलफल गर्नुभएको छ ।
एमालेका प्रमुख सचेतक भिम आचार्यका साथ माओवादी मुख्यालय पेरिसडाँडा पुग्नु भएका मन्त्री पाण्डेले प्रचण्डसँगको भेटमा सरकार गठनमा भइरहेको ढिलाईले बजेट पास हुन नसक्दा मुलुकमा उत्पन्न हुन सक्ने आर्थिक सङ्कटकाबारेमा छलफल गर्नुभएको छ ।
भेटपछि मिरर नेपालसँग कुरा गर्दै एमालेका सचेतक आचार्यले विशेष गरेर प्रचण्डसँग सुन चाँदी विधेयक ल्याउने विषयमा कुराकानी भएको जानकारी दिनुभयो । साथै भेटमा समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा पनि छलफल भएको आचार्यको भनाई छ ।
जवाफमा अध्यक्ष प्रचण्डले भोलि सभामुख सुवासचन्द्र नेम्वाङले आव्हान गर्नुभएको मुख्य तीन दल सम्मेलित छलफलमा यसबारे जवाफ दिने बताउनुभएको थियो ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था, सहमतिका लागि भइरहेको प्रयास, बजेट पास हुन नसक्दा मुलुकले भोग्नु परेको आर्थिक समस्या लगायतका विषयमा छलफलका लागि मुख्य तीन दलसँग छलफलको तयारी भइरहेको नेम्वाङले जानकारी दिनुभयो ।
मिरर नेपालसँग कुरा गर्दै नेम्वाङले भन्नुभयो, ‘सहमतिको प्रयास स्वरुप मैले मुख्य तीन दलका शीर्ष नेताहरुसँग भोलि छलफलको तयारी गरिरहेको छु । केही दलसँग मेरो कुराकानी भइसक्यो । केहीसँग बाँकी छ ।’
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

