सहमति र सहकार्यको राजनीति गर्न माओवादीलाई आग्रह
काठमाडौं,२८ असार । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सहमति र सहकार्यको राजनीति स्थापित गर्न माओवादीलाई आग्रह गरेका छन् । त्रिभुवन विश्वविद्यालयको वार्षिकोत्सवमा बोल्दै उनले सहमतिको राजनीतिक विकास गर्ने जिम्मेवारी माओवादीको रहेको बताए ।
'मैंले सहमति र सहकार्यबाट मुलुकलाई यहांसम्म ल्याएं,' कोइरालाले भने,'अब सहमतिको राजनीतिलाई निरन्तरता दिने पालो माओवादीको हो ।' शान्ति प्रक्रियालाई गन्तव्यमा पुर्याउन माओवादी गम्भीर हुनुपर्ने बताए । उनले आपसी विश्वासबाट अगाडि बढ्न सुझाव दिए । आफूले सहमतिको राजनीति बनाउन पहल गर्ने बताएपछि विशेष भूमिकाको अवस्था नरहेको बताए । प्रधानमन्त्री पदबाट राजीनामा दिएर माओवादीलाई सरकारको नेतृत्वको आव्हान गरिसकेको स्मरण गराए ।
|