कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं,२८ असार । नेपाली कांग्रेस संसदीय दलको बैठक २८ असारमा बस्दैछ । दिउंसो ३ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बस्ने बैठकले संविधान संशोधन प्रक्रियामा पार्टीले लिने नीति र भावी रणनीतिबारे छलफल गर्ने बताइएको छ ।

बैठकमा मधेसवादी दलहरूसंग भएको सम्र्झौताका बारेमा जानकारी दिने कार्यक्रम रहेको काङ्ग्रेस नेता डा. प्रकाशशरण महतले बताए । यसैगरी भोलिदेखि सुरु हुने संविधान संशोधन प्रक्रियामा पार्टीको भूमिका र नीतिका सम्बन्धमा पनि छलफल हुने जानकारी गराए ।



URL for news «कांग्रेस संसदीय दलको बैठक बस्दै»   -
«Latest News of Nepal: mirrorNepal.com»   -