मधेशवादी दलसंग गरिएको सहमति त्रुटिपूर्ण
काठमाडौं,२८ असार । नेकपा एमालेका महासचिव झलनाथ खनालले मधेशवादी दलसंग विगतमा गरिएको सहमति त्रुटीपूर्ण भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले त्रुटीहरु सच्याएर जानुपर्ने बताए ।
'फागुन १६ गते मधेशवादी दलसंग भएको सहमति त्रुटिपूर्ण छ,' खनालले भने,'सहमतिलाई परिमार्जन गरेर अगाडि बढ्नुपर्छ ।' चुनावका मुखमा दबाबमा परेर सरकारले सहमति गरेकाले त्रुटी भएको उनको भनाई थियो । मधेशवादी दलहरुले सरकारसंग भएको सहमति कार्यान्वयनका माग राखी संविधानसभा बैठक समेत अवरुद्ध बनाएको अवस्थामा खनालको पछिल्लो भनाई आएको हो । उनले एक मधेश एक प्रदेशको माग कुनै हालतमा स्वीकार्न नसकिने बताए । देशको राष्ट्रियता र अखण्डताका लागि जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने बेला आएकाले कार्यकर्तालाई सजग रहन आग्रह गरे ।
|