सात प्रहरी अधिकृत अझै प्रहरी गणका नियन्त्रणमा

काठमाडौं,२९ असार । नेपालगंजको जनपथ प्रहरीको दङ्गा नियन्त्रण प्रहरी गणका प्रहरीहरुले नियन्त्रणमा लिएका सात अधिकृतलाई अझै छाडेका छैनन् । उनीहरुले गृह मन्त्री र प्रहरी प्रमुखको उपस्थितीमा मात्र बार्ता नभए सम्म उनीहरुलाई नियन्त्रण मूक्त नगर्ने बताएका छन् ।

व्रि्रोहीप्रहरीहरुले संगठनमा राजनीतिक हस्तक्षेप अन्त्य , रासन भत्ता समान हुनुपर्ने बिभेदको अन्त्य हुनुपर्ने, भ्रष्टप्रहरी अधिकृतहरुमाथी कारवाहि गर्नुपर्ने माग गरेका छन् । बन्धक बनाइएका ७ प्रहरी अधिकृतहरुको अवस्था र घटनाबारे गएराती मानवअधिकार आयोगको टोलीले जानकारी लिएको छ । राष्ट्रिय मानब अधिकार आयोगको टोली र ब्रि्रोही प्रहरी बिच राती १० बजे बार्ता भएको थियो ।

आयोगको अनुरोध पछि ब्रि्रोही प्रहरीले नियन्त्ररणमा रहेका अधिकृतहरुलाई उनीहरुका परिबारजन संग टेलीफोनमा कुराकानी गर्न दिएका छन । सबै अधिकृतहरुले प्रहरी जबानकै मेसमा राती करिब १० बजे पछि खाना खाएका थिए । उनीहरु सातै जनालाई एउटा ठुलो कोठामा राखिएको अहिले वार्ता गर्ने तयारी भइरहेको छ । अहिले गण वरपरको क्षेत्रमा शसस्त्र प्रहरी परिचालन गरिएको छ ।



URL for news «सात प्रहरी अधिकृत अझै प्रहरी गणका नियन्त्रणमा»   -
«As Mirror reflects truth, Mirrornepal publishes True news of Nepal as it is with out any modification»   -