नियन्त्रणमा लिई विदोही प्रहरीमाथि कारबाही

काठमाडौं,३० असार । नेपालगञ्जको दंगा नियन्त्रण गणमा विदोहको नेतृत्व गर्ने ११ प्रहरीमाथि कारबाही भएको छ । ३० असारमा छानविनका क्रममा रहेका १९ मध्ये ११ लाई पदमुक्त गरिएको छ ।

प्रहरी नायब नीरिक्षक धनबहादुर विक सहित चार प्रहरी जिल्ला प्रहरी कार्यालयमा राखिएका छन् । अन्यमाथि पनि कारबाही प्रक्रिया अगाडि बढाइने बुझिएको छ । भागेका प्रहरीको खोजी भइरहेको छ । हतियारको लगत राख्ने काम भइरहको छ । गएराति विदोही प्रहरीले आत्मर्समर्पण गरेपछि कारबाही प्रक्रिया अगाडि बढाइएको हो । उनीहरुले कारबाही नगर्न आग्रह गरेका थिए ।

सरकारले कमाण्डो कारबाहीसम्मको चेतावनी दिएपछि उनीहरुले आत्मर्सपण गरेका हुन् । आत्मर्समर्पणपछि दुइ दिनदेखि बन्दी बनाइएका प्रहरी वरिष्ठ उपरीक्षक पशुराम खत्रीसहित आठ जना अधिकृत रिहा भएका छन् । विदोही प्रहरीलाई नियन्त्रणमा लिई कारबाही शुरु गरिएको छ ।

आफूहरुमाथि शोषण भएको, आर्थिक अनियमितता गरिएको भन्दै पांच सयको संख्यामा रहेका प्रहरीले विदोह गरेका थिए । यसअघि हिजो बसेको आकस्मिक बैठकले सुरक्षाफौजमा भएको विदोह नियन्त्रण गरी आवश्यक कारबाही गर्ने निर्णय गरेको थियो ।



URL for news «नियन्त्रणमा लिई विदोही प्रहरीमाथि कारबाही»   -
«As Mirror reflects truth, Mirrornepal publishes True news of Nepal as it is with out any modification»   -