फोरमको पनि राष्ट्रपतिमा दाबी
काठमाडौं,३० असार । मधेशी जनअधिकार फोरमले पनि राष्ट्रपति दाबी गरेको छ । असार ३० मा नेकपा माओवादीका अध्यक्ष प्रचण्डसंग नयांबजारमै पुगी भेट गरेका फोरम अध्यक्ष उपेन्द्र यादवले उक्त दाबी गरेका हुन् ।
फोरम स्रोतका अनुसार शक्तिबांडफांडमा आफूहरुलाई राष्ट्रपतिमा र्समर्थन गरिए सरकारमा सहभागी हुने धारणा यादवले राखेका थिए । मधेशबाट राष्ट्रपति हुनुपर्नेमा उनको जोड थियो । प्रचण्डले त्यसबारे सकारात्मक धारणा राखेका थिए । उनले दल विशेष बाहिरका स्वतन्त्र मधेशीलाई राष्ट्रपति बनाउन आफूहरु तयार रहेको बताएका थिए । नेकपा माओवादीले पनि राष्ट्रपतिको दाबी छाडेको छैन । यता नेकपा एमालेले पनि राष्ट्रपतिको अडान राखेको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पक्षमा लविङ गरिरहेको छ ।
|