राजनीतिक समन्वय समितिको संयोजकमा माओवादी नेता

काठमाडौं, १९ मंसिर । सत्तारुढ दलहरुले सरकार संचालनका लागि बनाएको राजनीतिक समन्वय समितिको संयोजकमा माओवादी नेता तथा मन्त्री देव गुरुङ चुनिएका छन् । सत्तारुढ दलहरुका शीर्ष नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले गुरुङलाई संयोजकमा चयन गरेको हो ।

समितिमा सत्तारुढ ६ दलका २/२ जना सदस्य छन् । समितिमा माओवादीबाट गुरुङ र वर्षमान पुन, एमालेबाट माधवकुमार नेपाल र सुरेन्द्र पाण्डे, मधेसी जनअधिकार फोरमबाट उपेन्द्र यादव र सरदसिंह भण्डारी, सदभावनाबाट रामनरेश यादव र लक्ष्मणलाल कर्ण नेकपा संयुक्तबाट चन्द्रदेव जोशी र सुनिल मानन्धर र जनमोर्चाबाट गिरिराजमणि पोखरेल र लिलामणि पोखरेल छन् ।



URL for news «राजनीतिक समन्वय समितिको संयोजकमा माओवादी नेता»   -
«Latest News of Nepal: mirrorNepal.com»   -