राष्ट्रपति र चिनीया विदेशमन्त्रीविच भेटवार्ता
काठमाडौं, १९ मंसिर । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री याङ जेइची र राष्ट्रपति यादवविच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालयमा भएको भेटवार्तामा चीनिया विदेशमन्त्रीले नेपालको आर्थिक र शान्ति प्रक्रियामा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
भेटपछि चीनिया विदेशमन्त्री जेइचीले राष्ट्रपति सँगको भेटवार्ता सखुत र सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । भेटवार्ताका क्रममा राष्ट्रपति डाक्टर यादवले नेपालको संविधान लेखनका क्रममा चीनले गर्ने सहयोगका विषयमा जानकारी लिनुभएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । राष्ट्रपति सँगको भेटपछि आफ्नो तीन दिने भ्रमण पूरा गरी चीनिया विदेशमन्त्री जेइची आजै म्यान्मार जाने चिनिया दुतावासले जनाएको छ ।
हिजो उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री उपेन्द्र यादवसँग्ा भेटवार्ता गर्नु भएको थियो । दुइवटै भेटमा विदेशमन्त्री जेइचीले नेपालको सुरक्षा र आर्थिक सहायतामा चीनले सघाउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
|