व्यवस्थापिका वैठकले संविधान सभाविधेयक पारित गर्ने
काठमाडौं, १९ मंसिर । संविधानसभा व्यवस्थापिका वैठकले आज संविधान सभाविधेयक पारित गर्ने भएको छ । संसोधन विधेयक पेश भएपछि आजै पारित हुने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।
आजको वैठकमा सभासद विनोद चौधरीको आर्थिक मन्दी विषयका प्रस्ताव लैजाने सम्भावना रहेको संविधानसभा सचिवालयले जनाएको छ । आजको वैठक ११ संविधान सभाहल अन्तरारष्ट्रिय सम्मेलन केन्द्रमा बिहान ११ बजे बस्नेछ । यसैविच संविधान सभाका सभाध्यक्ष सुवास चन्द्र नेम्वाङले विभिन्न् समितिहरु बनाउने विषयमा पनि दलहरु सँग छलफल भइरहेको जानकारी दिनुभयो ।
|