वीरअस्पतालका महत्वपूर्ण तीन अधिकारीको सामूहिक राजीनामा
काठमाडौं, २२ मंसिर । कर्मचारीहरुको आन्दोलनका कारण वीरअस्पतालका उपकुलपतिसहित महत्वपूर्ण तीन अधिकारीले सामूहिक राजीनामा दिएका छन । आफूहरूले कसैको दवावमा नभई समस्याको सहज निकासका लागि बाटो खुला गर्न राजिनामा दिएको उपकूलपति दलीले बताउनुभयो ।
उपकूलपति विश्वराज दलीसहित डिन, रेक्टर र रजिस्ष्ट्रारले सामूहिक राजीनामा दिएको अस्पतालका निर्देशक श्रवणकुमार चौधरीले जानकारी दिए । राजनीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरिराजमणि पोखरेलकहाँ हिजो साँझ दिइएको हो । आवश्यक कारवाहीका लागि आज स्वास्थ्य मन्त्री सहितको उपस्थितिमा मन्त्रालयका अधिकारीहरूबीच छलफल हुने बताइएको छ । केही समययता वीर अस्पतालका कर्मचारी र चिकित्सकहरूले ती अधिकारीको राजीनामा माग्दै आन्दोलन गरिरहेका थिए ।
|