सेना समायोजन समितिलाई पूर्णता दिने सहमति
काठमाडौं, २२ मंसिर । विभिन्न सहमति गर्दै र त्यसको कार्यान्वयनमा विवाद गर्दै आएका नेकपा माओवादी र एमालेविच फेरी सहमति भएको छ । माओवादी र एमालेविच आज फेरी कांग्रेस सँग छलफलगरी तत्काल सेना समायोजन समितिलाई पूर्णता दिने सहमति भएको छ ।
आज बिहान भएको वैठकमा सत्य निरुपण आयोग, भूमि सुधार आयोग, राज्पुनसंरचना आयोग गठन गर्ने विषयमा पनि सहमति भएको छ । त्यस्तै सरकार सञ्चालनका लागी बनेको उच्चस्तरीय राजनितिक सयन्त्रणको संयोजकमा एमाले नेता माधव नेपाल रहने पनि सहमति भएको छ ।
प्रधानन्त्री निवास वालुवाटारमा आज बिहान भएको उच्च्तहको छलफलमा दुइदलविच यस्तो सहमति बनेको छ । छलफलका क्रममा एमालले सरकारको कामकारवाही प्रति असन्तुष्टि जनाएको थियो । छलफलपछि पत्रकारहरु सँग कुरा गर्दै एमाले महासचिव झलनाथ खनालले सेना समायोजन समितिलाई पूण्तादिइ सेना समायोजनको प्रक्रिया शुरु गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
वैठकमा दुइदलविच देखिएको आपसि मतभेल, वाइसिएल र यूथफोस्र विच विभिन्न ठाउँमा भइरहेका झडपलाई तत्काल समाधान गर्न निर्देशन दिनेपनि सहमति भएको छ । साझा संयन्त्रको संयोजकका रूपमा एमाले नेता नेपाललाई अघि सारिए पनि उहाँले समकक्षि नेता नभएको भन्दै असहमति जनाउनुभएको थियो ।
छलफलका माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेता मोहन वैद्य किरण, मन्त्री तथा समुन्वय समितिका संयोजक देव गुरुङ, एमालेबाट महासचिव झलनाथ खनाल, नेता माधव कुमार नेपाल, भारतमोहन अधिकारी र गृहमन्त्री वामदेव गौतमको सहभागीता थियो ।
|