यातायात भाडा घट्ने, भाडा घटाउन नमान्नेलाई कडा कारबाही गरिने: श्रम मन्त्री भट्ट

काठमाडौं, २९ मंसिर । श्रम तथा यातायातमन्त्री लेखराज भट्टले भोलिबाट यातायात भाडा घट्नेगरी निर्णय गरिने बताएका छन् । उनले भाडा घटाउन नमान्नेलाई कारबाही गर्ने बताए । हालको कर्मचारीतन्त्र यथास्थितिवादी रहेकाले आफूहरु सन्तुष्ट हुननसकेको उनको भनाई थियो ।

'७ देखि १० प्रतिशतसम्म भाडा घटाइनेछ ,' मन्त्री भट्टले भने,'भाडा घटाउन नमान्नेलाई कडा कारबाही गरिनेछ ।' भाडा घटाउन सूचना जारी गर्दा गर्दै पनि अटेर गरे रुट परमिट खारेज गर्नेसम्मको कारबाही गर्ने बताए । वैज्ञानिक ढंगको भाडा समायोजनको तयारी भइरहेको बताए । माघको शुरुबाट तेलको मूल्य बढ्दा या घट्दाको अनुमानतमा स्वतः मूल्य समायोजन हुने व्यवस्था लागू गर्ने बताए ।

साक्षात्कारमा मन्त्री भट्टले तेलको मूल्य घट्दा पनि मूल्य घटाउन नसकिनुलाई कर्मचारीतन्त्रको ढिलासुस्ती दोषी रहेको बताए । कर्मचारीहरुको शिथिलताले काम अगाडि बढ्न नसकेको भन्दै कामलाई चुस्त बनाउन विशेष योजना ल्याइने बताए । कर्मचारीतन्त्रमा व्यापक फेरबदल गर्नेसमेत बताए । ढिलासुस्ती गर्ने र अनियमिततामा संलग्न हुनेलाई कडा कारबाही गर्ने चेतावनी समेत दिए । र्'कर्मचारीतन्त्रको शैलीले काम गर्न सकिएन , अब व्यापक पजनी हुनेछ ।'

उद्योगहरु बन्द भएबाट आफू निकै गम्भीर भएको बताए । उद्योग खुलाउन आफूले पहल गरिरहेको समेत बताए । र्सर्ूय नेपाललगायतका उद्योग खोल्न लागेको बतउदै भने,'१२ घण्टाको अल्टिमेटम विना कुनैपनि उद्योगमा बन्द हड्ताल गर्न नपाउने कानुन ल्याउनेछौं ।' उद्योगी र श्रमिकहरुलाई संवाद र सहमतिबाट अगाडि बढ्न आग्रह समेत गरे । सरकारले तोकेको न्यूनतम ज्याला दिइएको भए श्रमको मूल्य बढाउन वाध्य नहुने बताउदै भने,'श्रमको न्यूनतम मूल्य हुनैपर्छ, त्यो भन्दा बढाउने हो भने आपसी सहमतिबाट हुनुपर्छ ।'

वैदेशिक रोजगारमा जाने नेपालीहरु ठगिने क्रम बढ्दै गएबाट आफू गम्भीर भएको बताए । म्यानपावरका नाममा ठगीधन्दा गर्नेलाई छानीछानी कारबाही गर्ने स्पष्ट पारे । केही म्यानपावरले सोझासाझ युवायुवतीको जीवन बर्बाद पारेको बताउदै भने,'ठगीधन्दामा लागेका म्यानपावरहरुमाथि कडा भन्दा कडा कारबाही हुन्छ ।'नेकपा माओवादीका केन्द्रीय सदस्यसमेत रहेका भट्टले आफ्नो दलले जनताको हितमा काम गर्न खोजेपनि चुनौतीहरु बढी देखिएको बताए । आफूहरुविरुद्ध षड्यन्त्र बढ्दै गए सडकमा आउने चेतावनी समेत दिए ।



URL for news «यातायात भाडा घट्ने, भाडा घटाउन नमान्नेलाई कडा कारबाही गरिने: श्रम मन्त्री भट्ट»   -
«Latest News of Nepal: mirrorNepal.com»   -