युथफोर्सका जिल्ला अध्यक्षसहित आठ कार्यकर्ता पक्राउ

काठमाडौं, ३० मंसिर । प्रहरीले गएराति सिराहामा एमाले लडाकु दस्ता युथफोर्सका जिल्ला अध्यक्षसहित आठ कार्यकर्तालाई पक्राउ गरेको छ। प्रहरीसँग अभद्र व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिराहाले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी कार्यालय अगाडि ड्युटीमा रहेका प्रहरीसँग अभद्र व्यवहार गरी जथाभावी बोलेकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । पक्राउ पर्नेमा युथफोर्सका जिल्ला अध्यक्ष रविन्द्र साह तथा कार्यकर्ताहरु निरज कोहिवार, सैलेन्द्र यादव, सन्तोष यादव, सकलदेव यादव, संजय यादव र सानुकुमार साह रहेका छन् । पक्राउ परेका अध्यक्ष साहले भने भन्सार छलेर कोइलासहित भारतबाट आउँदै गरेको ८ वटा ट्रकलाई सोधपुछ गर्ने क्रममा प्रहरीले पक्राउ गरेको दावी गरेका छन् ।



URL for news «युथफोर्सका जिल्ला अध्यक्षसहित आठ कार्यकर्ता पक्राउ»   -
«Latest News of Nepal: mirrorNepal.com»   -